News Portal

  • मजदुर नेता मिलनलाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ फागुन २०८१
    ७०२ पटक
    भक्तपुर, ४ फागुन २०८१

    नेकपा (माओवादी केन्द्र) भक्तपुरका नेता एवं अखिल नेपाल ट्रेड युनियन महासंघको बागमति प्रदेश अध्यक्ष सत्यमान लामा (मिलन)लाई मातृशोक परेको छ । उनको आमा धन्जमाया तामाङको शनिबार निधन भएको हो ।

    ६७ वर्षीया धन्जमाया क्यान्सर रोगले ग्रसित थिइन् । भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा शनिबार उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई बौद्ध परम्परा अनुसार अनुसार आइतबार बिहान साढे ८ बजे स्वयम्भूस्थित घाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

    दिवङ्गत धन्जमायाका ३ छोरा र १ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...