नेपाल प्रहरीमा राजिनामाको लहर बढ्दै गएको छ। समयमा बृद्धिविकास नहुने र पहुँचवालाहरुले मात्र अवसर पाउने भएपछि राजिनामा बढेको छ।
डिआईजी शिला कसांकार कार्कीले समेत दुई साताअघि राजिनामा दिएकी थिइन्। उनी प्रहरीको कम्प्यूटर निर्देशनालयकी प्रमुख थिइन्। घरासयी कारण देखाउदै उनले दिएको राजिनामा स्वीकृत भइसकेको छ।
दुई महिनाअघि एसपी गोरखसिंह भण्डारीले पनि राजिनामा दिएका थिए। प्रहरीमा दैनिकजसो ४÷५ जना प्रहरीले राजिनामा दिने गरेका छन्।