News Portal

  • मध्यराति यौन कार्यमा तल्लिन ६ नेपाली युवती र ११ भारतीय पुरुष जलेश्वरबाट पक्राउ

    इमान्दार संवाददाता
    १६५७ पटक

    जिल्ला प्रहरी कार्यालय महोत्तरीले अबैध यौन गतिविधिमा संलग्न ६ जना महिला र ११ पुरुषलाई मध्यराती रंगेहात पक्राउ गरेको छ।

    सोमबार राती ११ बजे सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरेलले जानकारी दिए।

    पक्राउ पर्ने ११ पुरुष सबै भारतीय हुन् भने महिला सबै नेपाली हुन्। होटलकी साउनीसहित ६ महिलालाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्ने पाँच युवती १८ देखि २५ बर्ष उमेर समूहका छन्। पक्राउ पर्ने ३ युवती झापाका हुन् भने अन्य २ जना पोखरा र धरानका हुन्।

    होटलमा अबैध यौन गतिविधि हुँदै गरेको सूचनाको आधारमा छापा मारिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। उनका अनुसार प्रहरी मध्यराती होटलमा पुग्दा उनीहरु यौन गतिविधिमा संलग्न थिए।

    प्रहरी होटलमा पुग्दा सुरुमा होटल सञ्चालनकले मूल गेट खोल्न मानेका थिएनन्। लामो समयको प्रयासपछि मात्र होटलको गेट खोल्न प्रहरी सफल भएको थियो।

    भारतीय नागरिकहरू नयाँ वर्ष मनाउन नेपाल भित्रिएका र उनीहरु अनैतिक क्रियाकलापमा संलग्न भएको सूचना पाएपछि होटलमा छापा मारिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई सार्वजनिक अपराध मुद्दामा कार्वाही अघि वढाउने तयारी प्रहरीले गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...

    मेयरको गुनासो : ख्वपको १० करोड ३८ लाख अझै आएन

    sunil prajapati mayor bhaktapur city

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य बीमा बोर्डले करिब रु....