News Portal

  • प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नवराज सिलवालले राजधानी छोडे !

    इमान्दार संवाददाता
    १२९२ पटक

    ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद तथा प्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीले सम्पूर्ण तयारी पुरा गरेको थाहा पाएपछि उनि काठमाडौँ छोडेर भागेको खबर छ ।

    सिलवाललाई पक्राउ गर्न मंगलबार महानगरीय प्रहरी परिसरले पक्राउ पुर्जी तयार गरेको छ । परिसरले सिलवाललाई गिरफ्तार गर्न ललितपुर प्रहरीलाई पत्र काटेको छ ।

    कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वडिआईजी सिलवाललाई गिरफ्तार गरेर छानविन गर्ने भन्दै प्रहरीले पत्र काटेको बताइएको छ ।

    स्रोतका अनुसार सिलवाल घर छोडेर नभागे वा ठूलै राजनीतिक दवाव नअाए प्रहरीले उनलाई बुधबारसम्म गिरफ्तार गर्ने बताइएको थियो । तर उक्त खबर पाउनासाथ सिलवाल काठमाडौँ छोडेर भागेको स्रोतको दाबी छ ।

    प्रहरी प्रमुख अाफूले हुनुपर्ने माग गर्दै अदालतको ढोका ढकढक्याउन पुगेका सिलवालले किर्ते गरेर अाफूलाई बढी नम्बर दिएको अारोपमा मुद्दा चलिरहेको छ । उनले उक्त किर्ते कागजलाई प्रमाणका रुपमा पेश गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए ।

    स्रोतका अनुसार प्रहरीले पक्राउ नै गर्ने भएपछि सिलवाल राजधानीबाट बाहिरिएका हुन्। सिलवाल निकट प्रहरी स्रोतले उनलाई पक्राउको सुचना दिएपछि मंगलबार दिउँसो नै काठमाडौँ छोडेर बाहिरिएको बताइएको छ ।

    तत्काल पक्राउ हुनबाट बच्ने र एमाले-माओवादी नेतृत्वमा सरकार बनिसकेपछि आफ्नो मुद्दा कमजोर बनाउने योजनासहित सिलवाल भागेको स्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...