News Portal

  • क्यान्सर पीडित राईलाई मलेसियाबाट सहयोग

    अनलाइनपर्दा संवाददाता
    ९६१ पटक

    पाँचथर, २७ पुस । पाँचथरको फालेलुङ गाउँपालिका–३, माङ्लेबुङका क्यान्सर पीडित एक व्यक्तिलाई प्रवासी समाज, मलेसियाले आर्थिक सहयोग गरेको छ ।

    फालेलुङ–३ बस्ने क्यान्सर रोगबाट पीडित कालुराम राईलाई प्रवासी समाज मलेसियाले एक लाख १२ हजार ६२१ सहयोग प्रदान गरेको हो । राईलाई समाजका अध्यक्ष राजेन्द्र चोङबाङ साँवासहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको थियो । विपन्न परिवारका राईको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सहयोग हस्तान्तरण गरिएको अध्यक्ष साँवाले बताउनुभयो ।

    उक्त सहयोग पाएपछि राईले खुशी व्यक्त गर्नुभएको छ । उहाँले यो सहयोगले आफनो उपचारमा थप मद्दत पुगेको र आफू छिट्टै स्वस्थ बन्ने विश्वास समेत व्यक्त गर्नुभयो । फालेलुङ गाउँपालिका–३, का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...