शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ भक्तपुरको मध्यपुर थिमी-३ बस्दै आएका डा लम्साललाई मन्त्री परिषद बैठकले सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले लम्साललाई बढुवा गर्ने निर्णय भएको बताएका छन् । डा लम्साल हाल सुदुर पश्चिम प्रदेशको कामु प्रदेश मुख्य सचिव हुन् । लोकसेवा आयोगबाट ३ सह सचिवको नाम सिफारिस भएकोमा बरियतामा पहिलो स्थानमा रहेका लम्साललाई बिहीबार सिंहदरवारमा बसेको मन्त्री परिषद बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
गत साता आमा चित्रकला लम्सालको असामयिक निधनले लम्साल शोकमा रहेका छन् । सचिव बढुवा भएको खुशी आफ्नो जन्मदाता आमालाई सुनाउने अवसरबाट भने उनी बन्चित बन्न बाध्य बनेका छन् ।
शिक्षा सेवामा राम्रो छवि बनाएका डा लम्साल बजेट तथा योजनामा दख्खल राख्दछन् ।