News Portal

  • माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा

    अनलाइनपर्दा संवाददाता
    १६७७ पटक

    काठमाडौँ, २७ पुस । नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्न माघे सकराती महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

    उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त कार्यक्रममा माघे सकरातीमा लोपोन्मुख बन्दै गएका मगर समुदायका विभिन्न गीत, संगीत र सांस्कृतिक प्रस्तुतिसमेत गरिने आयोजकले जनाएको छ ।

    यहाँ बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष नवीन रोका मगरले मानव सभ्यताको शुरुवातीदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउँदै आएको बताउँदै उनीहरूको सांस्कृतिक, सामाजिक विकास क्रमलाई महोत्सवमा चित्रण गरिने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “माघे संक्रान्ति मगर समुदायको विशेष चाड भएपनि गैरमगर समुदायले पनि मनाउने गरेको चाड हो, अर्थात् राज्यको नै चाड हो, अन्य चाडपर्वजस्तै राज्यले यस संक्रान्तिलाई पनि उत्तिकै सम्मान गर्न सक्नुपर्छ ।”

    ‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकारसहित संघीयताको लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ मनाउने उक्त कार्यक्रममा सम्पूर्ण नेपालीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...