News Portal

  • भक्तपुरमा इँट्टा अभाव, करको कारण देखाउदै मूल्य वृद्धिको दाउमा व्यवसायी

    ११७७ पटक

    भक्तपुर,पुस २७ । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् ।

    सूर्यविनायक नगरपालिका–१ का मोहन बस्नेतले घर बनाउन शुरु गरे पनि इँट्टा अभाव भएपछि काम रोकिएको बताए । इँट्टा नपाइएको, सिमेन्ट र डण्डीको पनि मूल्य वृद्धि गर्दा घर निर्माणमा समस्या आएको उनले गुनासो गरे ।

    भक्तपुर नगरपालिका–३ का पुरुषोत्तम श्रेष्ठले पनि घर निर्माणका क्रममा इँट्टा अभावका कारण केही समयलाई निर्माण कार्य रोक्नु परेको बताए । माघको पहिलो सातामा इँट्टा पाइन्छ भनेकाले इँट्टा कुरेर बसेको उनको भनाइ छ । यी दुई पात्र नमूना मात्रै हुन् । भक्तपुरमा इँट्टा सकिएपछि उपत्यकाभित्रकै भवन निर्माणमा असर परेको बताइएको छ । भक्तपुर इँट्टा व्यवसायी संघले भवन निर्माणको गति तीव्र भएको र स्टक इँट्टा सकिएकाले इँट्टाको अभाव भएको जनाएको छ ।

    संघका अध्यक्ष नातिभाई ह्याम्बाले पुनः निर्माणको काम धेरै भएको र उपत्यका बाहिरबाट समेत अत्यधिक इँट्टाको माग भएकाले यस वर्ष चाँडै नै स्टक सकिँदा इँट्टाको अभाव भएको बताए । कोइलाको अभावका कारण नयाँ इँट्टा उत्पादनमा समेत प्रभाव परेको बताउँदै उहाँले नयाँ इँट्टा उत्पादन शुरु भएसँगै इँट्टाको अभाव कम हुने उल्लेख गरे । इँट्टा व्यवसायीका अनुसार अब उत्पादन हुने इँट्टाको मूल्यसमेत वृद्धि हुनेछ । कोइलाको मूल्य वृद्धि भएको, ढुवानी भाडामा वृद्धि भएको र नगरपालिकालाई कर तिर्नुपर्ने भएकाले इँट्टाको मूल्य वृद्धि हुने व्यवसायीको भनाइ छ ।

    संघका अध्यक्ष ह्याम्बाले कोइला र ढुवानी भाडासमेत वृद्धि भएकाले व्यवसायी मारमा परेको बताउछन । उनले भने, “गत वर्षसम्म भारतबाट कोइला प्रतिटन २४ हजारमा ल्याउने गरिएकामा यस वर्ष भारतमा कोइलाको मूल्य वृद्धि भएको छ, यस वर्ष कोइला प्रतिटन २७ हजार ५०० तिर्नु परेको छ, गत वर्षसम्म कोइला ल्याउँदा ढुवानी २४ हजार थियो, यस वर्ष ढुवानीमा समेत वृद्धि गरेर एक टिप कोइलाको ढुवानी रु ३८ हजार लिएका छन् ।”

    विगतका वर्षमा इँट्टा भट्टाले जिविसलाई रु ७५ हजार बुझाए पुग्नेमा यस वर्षदेखि प्रत्येक इँट्टा भट्टाले नगरपालिकालाई वार्षिक रु तीन लाख करसमेत तिर्नुपर्ने भएकाले यसको मार व्यवसायीले खेप्नु परेको बताउँदै उनले इँट्टामा मूल्य वृद्धि हुनसक्ने समेत दावी गरे । इँट्टा अभाब र मूल्य वृद्धि हुने भएपछि यसको प्रत्यक्ष मार भूकम्प प्रभावितले समेत व्यहोर्नुपर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...