News Portal

  • नक्कली नेपाली रुपैयाँ बनाउदा बनाउदै पक्राउ परे दुई भारतीय नागरिक

    इभक्तपुर संवाददाता
    ११३८ पटक

    कञ्चनपुर , पुस २८ । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए ।

    अभियुक्तहरुको साथबाट रु एक हजारको नोट बनाउन लागि काटेका कागज, विभिन्न केमिकल र मेसिनसमेत ब्यूरोले नियन्त्रणमा लिएको उनले बताए । “हामी एक महिनादेखि नक्कली नोट बनाउने गिरोहको विशेष निगरानीमा थियौँ ।”

    प्रहरी सहायक निरीक्षक जोशीले भने, “पक्राउ परेका अभियुक्तहरु लामो समयदेखि भारतमै बसेर नोट बनाउन सक्रिय थिए ।” उहाँले विभिन्न उपायबाट अभियुक्तलाई नोट छाप्न भन्दै सीमा क्षेत्रसम्म ल्याइपु¥याउँदै नियन्त्रणमा लिन सफल भएको बताए ।

    “अभियुक्तहरुले भारतकै हिमाञ्चलबाट नक्कली रुपैयाँ बनाउने मेसिल ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखियो ।” जोशीले भने, “नक्कली नोट बनाउन ठूलो गिरोह सक्रिय छ ।” पक्राउ परेका अभियुक्त र भेटिएका सामानसहित ब्यूरोले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको छ

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...