News Portal

  • नेपाली भन्ने कि बन्ने ?

    इभक्तपुर संवाददाता ६ माघ
    ११३८ पटक
    ६ माघ

    – नविन यादव

    हिमाल,पहाड तराई-कोहि छैनन् पराई” यो कुनै नया भनाइ होइन । हाम्रा नेताज्यूहरुको थेगो हो यो । यो भनाइ प्रयोग नगरी त उहाँहरुको भाषण नै टुंगिदैन । हामी पनि कम छैनौ- बहु भाषा,बहु जाति एवं बहु भेषको देश भनेर सडक तताउने , भावनामा हराउने अनि देशभक्तिको गाना गाउन हामी पोख्त छौ तर सो अनुरुप व्यवहार गर्छौ कि गर्दैनौ ? समिक्षा गर्दैनौ ।

    भनाइ र भावनामा बगेर देश बन्ने भए आज यो हबिगत कदापी नि आउन्नथ्यो र हाम्रो देश आज युरोपिएन देशहरुको तुलनामा आउँ नसक्ने अवस्था हुन्थेन ।

    कुरा एउटा काम अर्कै

    मौका पाको बेला ”भैया”, ”मदिसे”, भेले ”धोति” अनि ”इन्डियन” भन्दा र कसैले भनेको देख्दा-सुन्दा अवस्थाको मज्जा न लेकै छौ होला !
    कैले मधेशबासीले बोल्ने नेपाली भाषाको शैली, त कैले के.. त कैले के… यी सबलाई हासोमा उडाउने हामी नै हौ। बहुभाषा,बहुभेष अनि बहुजाति एवं बहुरितिस्थितिको देश रहेको फाइदा यहि हो? जुन बेला जसलाई मन लाग्यो हासोको पात्र (जोकर) बनाएर अवस्थाको भरपुर मज्जालिने?

    मधेशमा बस्ने नेपालीलाई ”मधेशे” भन्दा चित्त दुखाउछन तर ”नेपाली” भन्दा निकै खुशी हुन्छन यसले पनि हामी बुझ्न सक्छम देशभक्तिको भावना कति बिशाल छन् त्यहाँका मानिसमा । तैपनि हामी बोल्न किन कन्जुस्याई गर्छौ ?

    केहि दिन अगाडी को एउटा घट्ना

    म टेम्पोमा कोटेश्वरबाट बबरमहलको लागि निस्केको थिए । एकजना तराई तिरका दाई एउटा सानो बोरा लिएर म बसेको ठाउँमै बस्नु भएको थियो। कोटेश्वरमा एकछिन टेम्पो रोकियो। केहि समान भएकोले त्यो दाईलाई ओर्लिन गार्हो भइरहेको थियो ।त्यतिकैमा आफुलाई नेपाली ठान्ने टेम्पो चालक दाईले साला मधिसे कति टाईम लगाको ? भनेर झर्किदै गालि गरे । अनि, बेग बढाउन थाले । निशब्द ती दाइ (मधिसे)केही नबोली डराउदै झरे । त्यो देखेर मेरो मन रोयो । मैले टेम्पो ड्राइभरदाईलाई भने ” त्यसरी किन भन्नु भाको ? राम्रोसँग बोल्नु भएको भए हुन्नथ्यो ?” मेरो कुरालाई वास्ता नगरी टेम्पो चलाईराख्नु भयो । मैले ट्राफिकमा फोन गरेर भने- म बसेको टेम्पोमा यस्तो घटना भयो ।

    बर्गीय साम्प्रदायिकतालाई प्रभाब पार्ने काम भयो । यस्ता व्यक्तिहरुलाई कारवाही हुन्छ कि हुन्न? उत्तरमा ट्राफिकका सरले भने – ”अवस्य कारवाही हुन्छ, गालि गल्लौज गर्न पाइन्न । हाम्रो एप्प्मा नि पठाईदिनोस “, मैले धन्यबाद भने अनि टेम्पोको नम्बर टिपाए ।

    त्यस टेम्पो भित्र नेपाली म मात्र होइन् (मधिसे म मात्र ) अरु धेरै नेपाली भनाउदाहरु थिए तर सबै चुपचाप रमिता हेरिरहे ! टेम्पोमा बसीराख्न मेरो मन ले मानेन । बानेश्वोर चोकमा टेम्पो रोकियो, मैले १५ रुपैया झिकेर दिए । जाम खुल्न लागेकोले अरु केहि संबाद गर्न सकिएन । बबरमहलको लागि निस्केको म बानेश्वरमै ओर्लिए । टेम्पोको फोटो खिचे तर धेरै दु:ख लाग्यो । अब त सुधार भयो होला भनेर सोचिरको थिए तर यो सोचाई गलत रहेछ । यो त एउटा उदाहरण मात्र हो ।

    यहाँ त दुधे बालक लाइ नै यहि सिकाइन्छ । अनि कसरि गर्ने सकरात्मक परिवर्तनको भरोसा ? तरकारी र फलफुल बेच्ने,पानी पुरी बेच्ने ,शैलुनमा काम गर्ने, पसले ,बिद्यार्थी कोहि पनि अछुत छैनन् यस्ता घटनाबाट । भौगोलिक विविधताका हिसाबले मानवता को विभाजन गरिएको छ यहाँ । कालो रंग; बाहिरि आवरणले ”इन्डियन”, ”भैया” भनि हाल्ने, हेपी हाल्ने चलन छ हाम्रो देशमा र यसमा स्वं पहाडी समुदायका नेपाली हरु पनि कहिल काही यसका शिकार बन्छन ।

    यो यथार्थता कुनै नयाँ कुरा होइन , तर परिवर्तन नहुनु ठुलो समस्याको बिषय हो ।यहि बिषयमा कैले काही मधेशी मुलका साथी हरु संग कुरा गर्दा सबैले दुखेसो पोख्ने गर्छन :- अलिक गोरो बर्ण, आर्थिक स्तर उकासिएको , राम्रो पहिरन लाएकोलाई न हेप्ने , पहाडी (नेपाली ) नै ठान्ने । बाकि अरुलाई हेपाइको दृष्टिले हेर्ने गरेको बताउछन । यहाँ पढ्ने साथीहरुले भावुक हुदै भन्छन – गाउबाट (तराइबाट) आफ्ना अभिभावक भेट्न आएपछि संगै घुम्न निस्किदा बाटोमा नचिनेकाहरु हिन्दिमा कुरा गर्न खोज्छन इन्डियन ठानेर ! अनि कसैले प्रतिरोध गर्छन त कोइ मौन भइ मन को दुख मनमै राखी बस्छन।

    एउटा अझै घटना याद आयो :
    बंगलादेशबाट फर्किदा हाम्रो बिमानस्थलमा गरिएको व्यवहार । इमिग्रेसनको लाइनमा पासपोर्ट लिएर उभिएको थिए । मेरो पालो आयो । मैले पासपोर्ट र कार्ड बुझाउनुभन्दा पहिल्यै त्यहाका सरले सोध्नु भयो – ” कौन देश से है आप ?”, मलाई नराम्रो लाग्यो , विदेशबाट घर फर्किदा बेग्लै प्रशन्नता हुन्छ मनमा तर आफ्नै जन्मभूमिमा यस्तो व्यवहार गरिदा कसको मन न रोला र ?

    मैले प्रतिरोध गर्दै भने – ” सर म नेपाली हो , हिन्दिमा नबोल्नुस , बिदेशि लागे अंग्रेजीमा बोल्नुस, हिन्दिमा नाइँ ”, त्यसपछि तिनले केहि बोलेनन् ।

    यस्ता घटनाहरु कति हुन्छन हुन्छन । आफ्नो बुवाको उमेरका पनि यदि तराई तिरका छन् भने ”तिमि”, ”भैया” भनि सम्बोधन गरिन्छ । यो तपाई हामी सबले समाजमा दैनिक रुपमा देखिरहेको घटना हैन र ? हाम्रो मौनता नै हो यस्ता विकृतिलाई जलमल गर्ने ।

    कुरा मधेशका मानिस पहाडमा जादा गरिने व्यवहार मात्र हैन पहाडका मानिस मधेश जादा पनि केहि अमानविय व्यवहार गरिन्छ भने त्यसको प्रतिरोध गरौ । मानिसको मानसिकतामा परिवर्तन गर्न पहल गरौ । हाम्रो पहिचान मधेश र पहाड हैन । हाम्रो पहिचान त नेपाली हो भन्ने जनचेतना फैलाउन जरुरी छ । यसलाई अवज्ञा गर्नेलाइ कारवाही गर्न पनि जरुरी छ ।

    विदेश जादा हामीलाई नेपाली भनेर चिन्छन ना कि मधेशी -पहाडी भनेर 

    धेरै भएको छैन अस्ति पहाडमा भुकम्प जादा तराइका नेपालीले , तराइमा बाढी जादा पहाडका नेपालीले गरेको निशर्त सद्भाव, आत्मियता, प्रेम नै नेपालीले नेपालीबीच गरिने व्यवहार हुनु पर्छ । पहाडका नेपालीले उत्साह र उमंगका साथ मनाउने दशैँ,ल्होसार आदीमा तराइका नेपालीको सहभागिता , तराइका नेपालीले मान्ने छठ, माघी आदीमा पहाडमा बस्ने नेपालीको सहभागिता हुदा कति आनन्द हुने गर्छ । मानब भएर जन्म लिइसकेपछी मानवता को भावना देखाउन किन चुक्छौ हामी?

    प्रेम हार्दीक स्वीकार्य हुनपर्दछ । यो नहुने होइन । केहि नेपालीले यस्तो गर्दै आउनु भएको छ पनि । तर यसलाई बढावा एवं प्रोत्साहन गर्नु हामी सबै नेपालीको कर्तब्य हो ।
    हामी सबै एकजुट भयौ भने मात्र यसलाई मौका छोपेर फोहोर राजनीति गर्ने , देशलाई अध्यारो दिशा तिर लैजाने , शहिदका बलिदान अनि सपनाको ख्याल नगर्ने , देशलाई आफ्नो हातको कठपुतली बनाई बिदेशी रिमोट कन्ट्रोलले चल्नेहरुका सुनियोजित डीजाइनहरु निस्तेज हुन्छन र तीनका चलखेल नियन्त्रण हुन्छन ।

    अवस्था र वास्तविकतालाई बुझ्न नसके कालान्तरमा हाम्रा बिर पुर्खाले आफ्ना रगतले सिंचेको यो सुन्दर देश , टाउकोमा हिमाल ,छातीमा पहाड अनि पाइलामा मधेश भएर पूर्णता पाएको हाम्रो देश अपाङ्ग नहोला भन्न सकिन्न ! तसर्थ, नेपाली भनेर हैन बनेर देखाउन जरुरि छ ।

    न पहाडी न मधेशी न हिमाली : नेपाल आमाको एकमात्र सन्तान हामी सब नेपाली । आऔं संगै मिलेर सबै अटाउने देश बनाऔ, एक अर्कामा भाइचारा ,सदभाब ,प्रेम बाडौ । एक अर्कालाई माया र सम्मान गरौ , सुन्दर नेपाल को निर्माण गरौ । जय देश जय मातृभूमि ।

    (बंगलादेशमा एमबीबीएस अध्यनरत सर्लाहीका यादव सामाजिक अभियन्ता हुन् । उनी Live To Lead संस्थाका अध्यक्षसमेत हुन् ।)

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...