News Portal

  • म्वाँइ खाएर फरार लुटेराका कारण भक्तपुर प्रहरी परेशान

    फिल्मी शैलीमा लुटेर फरार

    बाबुराम दाहालभक्तपुर, १० माघ
    १९१४ पटक
    भक्तपुर, १० माघ

    म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो ।

    सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई हतियारधारी लुटेराहरुले फिल्मी शैलीमा लुटेर फरार भएका हुन् ।

    मध्यरातमा अन्दाजी २:३० बजे भेन्टिलेसनको शिशा फोडेर मूल ढोका खोलेका लुटेराहरुले ब्यावसायी रामबहादुरको परिवारलाई पेस्तोल देखाई नियन्त्रणमा लिएका थिए । करीब १ दर्जनको संख्यामा रहेका लुटेराहरुले परिवारका सदस्यहरुलाई पेस्तोल देखाई डोरीले हातखुट्टा बाधेर नियन्त्रणमा लिएका थिए ।

    उनीहरुले करिब १८ तोला सुन, नगद रु १ लाख ६२ हजार , १० वटा मोबाइल सेट लगायत रु १४ लाख भन्दा बढीको धनमाल लुटेका थिए ।

    नकाब लगाएर आएका लुटेराहरुको पहिचान खुल्न नसक्दा प्रहरी परेशान बनेको हो । करीब १ दर्जनको समूहमा आएका लुटेराको नाइकेले पेस्तोल देखाएको, अर्को एकले पेस्तोल बोकेको र अन्यले खुकुरी, रड लगायतका घरेलु हतियार लिएर परीवारका सदस्यहरुमाथि कब्जा जमाई निस्फिक्री लुटपाट मच्चाएर फरार भए । जादाजादै एक लुटेराले पीडितका छोरालाई म्वाइ खाएर गएपछि पिडितको नजिकका व्यक्तिहरुप्रति प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।

    प्रहरीले लुटेरा समूहको खोजी गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद प्रसाईंले बताए । इभक्तपुरसंग कुरा गर्दै प्रसाईले प्रहरीले लुटेराहरु समात्न सम्पूर्ण शक्ति लगाइरहेको जानकारी गराउदै अपराधीहरु उम्कन नसक्ने दावी गरे ।

    भक्तपुरमा नाटकीय शैलीको यो लुटपाट नौलो भने होइन । यस अघि च्यामासिंमा पनि एक इट्टा व्यवसायी यसैगरी आफ्नै घरमा लुटपाटमा परेका थिए ।

     

    हाम्रो बारे : ebhaktapur.com भक्तपुरबाट सञ्चालित राष्ट्रियस्तरको दैनिक अनलाइन पत्रिका हो । हाम्रो खबरहरु फेसबुकमा प्राप्त गर्न हाम्रो फेसबुक पेज लाइक गर्नुस् । ट्वीटरमा पनि हामीलाई फलो गरेर जोडिन सक्नुहुनेछ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...