News Portal

  • ठिमीमा फिल्मी शैलीले दिनदहाडै सात लाख ठगी

    इभक्तपुर संवाददाताभक्तपुर, १५ माघ
    २०९६ पटक
    भक्तपुर, १५ माघ

    भक्तपुरकाे ठिमीमा अाज एक व्यक्ति दिन दहाडै फिल्मी शैलीमा ठगिएका छन् । साेलुखुम्बुकाे चाैरीखर्क गाउँपालिका वार्ड नं १ मा स्थायी घर भएका लाेक्पा शेर्पा अपरिचित एक व्यक्तिबाट सजिलै ठगिएका हुन् । काठमाडाैंकाे कपनमा बस्दै अाएका शेर्पाकाे ७ लाख रकम अपरिचित व्यक्तिले सजिलै लगेर हिडेपछि उनी अहिले हैरान भएका छन् ।

    मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन अस्पताल नजिकैबाट शेर्पा ठगिएका हुन् । शेर्पा काेरियन भाषा सिकाउने शिक्षक भएकाे प्रहरीले बताएकाे छ । साेमवार उनी भक्तपुरको ठिमी आइपुगेका थिए । उनकाे साथमा रहेकाे ७ लाख रुपैयाँ सिन्धुपाल्चाेक बाह्रबीसे घर बताउँउने सुजन खड्काले लिएर एकाएक फरार भएकाे प्रहरीले जनाएकाे छ ।

    प्रहरीका अनुसार एक मध्यस्थकर्ताले शेर्पालार्इ डलर साटिदिने भन्दै सुजनसँग भेट गराएका थिए । मध्यस्थकर्तासँगै अाएका सुजनले शेर्पाकाे साथमा रहेकाे सात लाख रकम अाफूसँग राखेकाे र एउटा प्लास्टिककाे झाेलामा डलर छ भनेर शेर्पालार्इ थमाएका थिए । प्लास्टिककाे झाेला थमाए लगत्तै उनी फरार भएका थिए । शेर्पाले प्लास्टिककाे झाेला खाेली हेर्दा त्यसमा केही भेटेनन । उनले लगत्तै प्रहरीलार्इ खबर गरेका थिए ।

    महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी टाेली घटनास्थलमा पुगे पनि फरार रहेका ठगकाे केही सूचना पाउन नसकेकाे पीडितले बताए । उता महानगरीय प्रहरी बृत ठिमीका प्रहरी नायव उपरिक्षक प्रज्वल महर्जनले ठगकाे खाेजि भइरहेकाे इभक्तपुरलाइ बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...