News Portal

  • यसकारण अड्कियो पार्टी एकता

    पत्रपत्रिकाभक्तपुर, १६ माघ
    ५११ पटक
    भक्तपुर, १६ माघ

    नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ- एमाले-माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो । तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन् । दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

    १७ असोजमा वाम गठबन्धन घोषणा गर्दा दुई शीर्ष नेताले पार्टी एकतासम्म जाने लक्ष्य लिए पनि यो बिन्दुमा आइपुग्दा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको पदीय व्यवस्थापन पेचिलो बन्दै गएको छ । एक माओवादी शीर्षस्थ नेताका भनाइमा, ‘दुई पार्टी एकता अहिले एकीकृत पार्टीको अध्यक्षमा आएर अड्किएको छ ।’

    नयाँ सरकारको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओलीले लिन खोज्दा एकतामा ढिलाइ हुन पुगेको माओवादीको भनाइ छ । एमालेले यो विषयमा अझै निष्कर्षमा पुगिनसकेको बताएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘नेतृत्वले भित्री तहमा गरेका छलफलबारे प्रस्ट थाहा नपाएर कतिपय नेताले फरक खाले विचार प्रवाह गरिरहनुभएको छ, यथार्थ त्यस्तो होइन ।’ उनले अन्तिम घडीमा विभिन्न खाले चिन्ता र रस्साकस्सी चल्नु अनौठो नभएको भन्दै त्यसलाई एकतामै अप्ठ्यारो पर्न लागेको अर्थमा बुझ्न नहुने बताए ।

    आ-आफ्नै चासो
    दाहाल पार्टी अध्यक्ष आफूले नपाएसम्म एकीकरणमा जान चाहेका छैनन् । ओली सकभर दाहाललाई मनाएर महाधिवेशनबाट मात्रै पार्टी अध्यक्ष दिने तर अहिले आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै राख्ने कोसिसमा छन् । ओलीले दाहालसँगको एक्ला-एक्लै छलफलका क्रममा सीधै अध्यक्ष दाहाललाई दिन नसकिने भनेर मुख भने नखोलेको एमाले स्रोतको दाबी छ ।

    यद्यपि, उनले आफू नबोले पनि आफूनिकट नेताहरूमार्फत पार्टी अध्यक्ष तत्काल दाहाललाई दिन नसकिने सन्देश भने प्रवाहित गरिरहेका छन् । माओवादी भने एकताको सन्देश प्रवाह गर्नकै लागि भए पनि ओलीलाई प्रधानमन्त्री र दाहाललाई पार्टी अध्यक्ष दिनुपर्ने अडानमा छ ।

    फेरि उठ्यो जबजको विषय
    स्रोतका अनुसार एमाले-माओवादी पार्टी एकतामा दुवै पार्टीले अँगाल्दै आएका मार्गनिर्देशक सिद्धान्तको विषयलाई तगारो नबनाउने सहमति थियो । पार्टी एकताको सैद्धान्तिक सहमति गर्दा नै दुवै पार्टीले अँगाल्दै आएका जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई एकताको महाधिवेशनसम्म छलफलमा लैजाने र महाधिवेशनबाट टुंगो लगाउने सहमति थियो । तर, अहिले एमालेले जबज छाडेर महाधिवेशनमा जान नसकिने बताउन थालेको छ ।

    आइतबार ओली-दाहालबीचको झन्डै पाँच घण्टा लामो संवादका क्रममा पनि ओलीले जबजलाई अहिले नै कुनै न कुनै रूपमा स्वीकार गरेरै पार्टी एकताको वैचारिक राजनीतिक आधार तयार पार्नुपर्ने तर्क राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा...

    दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन...

    संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    durlabh thapa

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका...

    आतंक सिर्जना गर्ने समूह नसमातिएको विरोधमा प्रदर्शन

    pradarsan

    नेकपा(एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतको घरमा पुगी परिवारलाई आतंकित पार्ने समूह...

    प्रेस सेन्टरको उपत्यका प्रदेश महासचिवमा रोजिना थापा

    rojina

    नेकपा(माओवादी केन्द्र) को शुभेच्छुक पत्रकार संगठन प्रेस सेन्टर नेपालले आफ्नो उपत्यका प्रदेशको महासचिवमा रोजिना थापालाई...