News Portal

  • चुरोटमा लुकाएर ल्याएको सुनमा ६ करोडको ‘सेटिङ’

    काठमाडौं, ४ जेठ २०८०
    ४५५ पटक
    काठमाडौं, ४ जेठ २०८०

    इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा पास गरेको तथ्य बाहिरिएको छ । २०७९ पुस १० मा चीनबाट आएको ७३० थान भेपभित्र फिट गरेर तस्करले सुन ल्याएका थिए । तर, भेपले भरिएको दुई वटा सुटकेशमा सुन रहेको तथ्य पत्ता लगाउन ५ महिना लागेको छ ।

    प्रहरीका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्काले सो सुन पास गराएका थिए । नासु खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । खड्काले सो सुन पास गराउन ६ करोड ‘घुस’ लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘भेपमा १९ किलो सुन लुकाएको खुलेको छ ।’

    सुब्बासहित तस्करीमा संलग्न ४ जना अहिले सीआईबीको हिरासतमा छन् । पुस १० गते बिहान १० बजेतिर चीनबाट आएका यात्रुले ल्याएको सुटकेशमा धेरै परिमाणमा ‘भेप’ भेटिएपछि भन्सारका कर्मचारीले सुटकेश जफत गरे । यात्रुले भन्दै थिए, ‘जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ मजदुर र अफिसियलका लागि ल्याएको हुँ, छाडिदिनोस् ।’

    तर, भन्सारका कर्मचारीले धेरै परिमाणमा आएको हुनाले जफत गर्ने निर्णय लिए । दुईपटक जाँच गर्दा एक्सरे मेशिनले त्यहाँभित्र भएको सुन ‘डिटेक्ट’ गरेन । जफत गरेको सामान ५० दिनपछि भन्सार कार्यालयले लिलाम प्रक्रियामा लैजान्छ ।

    ‘भेप’ इलेक्ट्रिक हुक्का भएकाले लिलाम गर्ने कि नगर्ने भन्नबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल आफ्ना सहकर्मीहरुसँग छलफल गर्दै थिए ।

    लिलामबारे निर्णय नहुँदै भेपको लिलाम ‘सकार्छौं’ भनेर बारम्बार एउटा समूह भन्सार कार्यालय धाउन थालेको थियो । ‘बारम्बार धाएपछि हामीलाई शंका लाग्यो’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल भन्छन्, ‘हामीले पुनः एक्सरे मेशिन राखेर हेर्दा शंकास्पद बस्तु भेटिएन ।’

    सामान स्टोर रुममा थियो । ताकेता गर्ने समूह भन्सार कार्यलयको गेटमा बस्ने सुरक्षागार्ड र मुद्दाफाँटका कर्मचारीलाई बारम्बार ‘लिलाम कहिले हुन्छ ?’ भनेर सोधिरहन्थे । पछि एकाएक ताकेता गर्ने समूह भन्सारमा धाउन छाडेका थिए । लिलाम गरिदिन आग्रह गर्नेहरु धाउन छाडेपछि प्रमुख भन्सार प्रशासकले अरुण पोखरेलले आन्तरिक अनुसन्धान अघि बढाए ।

    आन्तरिक छानबिनका क्रममा जफत गर्दा इन्ट्री गरेको भेपको कम्पनी र स्टोरमा राखेको कम्पनी फरक भेटियो । प्रमुख भन्सार प्रशासक भन्छन्, ‘आन्तरिक छानबिन समिति बनायौं, स्टोरको साँचो राख्नेसँग स्पष्टीकरण लियौं ।’

    स्टोर रुमको साँचो नासु खड्कासँग हुन्थ्यो । सुटकेश साटफेर गरेको पुष्टि भएपछि प्रमुख भन्सार प्रशासकले वैशाख २६ मा अनुसन्धान गरिदिन केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेका हुन् ।

    भन्सार कार्यालयको आन्तरिक छानबिन समितिले वैशाख २५ मा सुटकेश साटिएको रिपोर्ट बुझाएको थियो । सो प्रकरणमा पक्राउ परेका नासु खड्का सुर्खेतका स्थानीय हुन् ।

    प्रेमिकाको नाममा फिक्स्ड डिपोजिट

    सुन तस्करले नासु खड्कालाई ६ करोड र उनीसँग भेट गराइदिने बिचौलियालाई २ करोड रुपैयाँ दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ब्युरोका अनुसन्धान अधिकृतहरुले खड्काले लिएको ६ करोड रकम बरामद गरेका छन् ।

    खड्काले प्रेमिकाको नाममा समेत बैंकमा फिक्स्ड डिपोजिट गरिदिएको अनुसन्धानबाट थाहा भएको छ । सुन कारोबारीहरुले सो सुन बजारमा पठाइसकेको खुलेको छ । महाबौद्धमा सुन पसल सञ्चालन गर्ने एक जना व्यापारीलाई पनि प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको रातोपाटीमा राजेश भण्डारीले खबर लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...