News Portal

  • भक्तपुर प्रहरीले डिएसपी विरुद्ध उजुरी लिन नमानेको आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ बैशाख २०८०
    ४२२३ पटक
    भक्तपुर, २३ बैशाख २०८०

    सशस्त्र प्रहरी बलको काभ्रे गणका प्रहरी नायब उपरीक्षक पंकज पौडेलविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न मानेको छैन । उनी विरुद्ध जाहेरी दिन पुगेका छिमेकीलाई प्रहरीले फ़र्काइदिएको हो ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका २, बालकोटस्थित घर अगाडि छिमेकीसँग भएको जग्गा विवादमा सर्वोच्च अदालतले ‘स्टेअर्डर’ दिएको थियो । त्यसपछि पनि छिमेकीसँग विवाद गरेर धम्की दिने गरेको आरोप पौडेलविरुद्ध लागेको छ । शुक्रबार घरमा सशस्त्र प्रहरीका केही सादा पोशाकका कर्मचारी समेत ल्याएर आफूहरुको परिवारविरुद्ध कुटपिट गरेको छिमेकी कृष्णभक्त श्रेष्ठको आरोप छ । कुटपिटबाट श्रेष्ठ, उनकी पत्नी, जेठा छोरा किरण र कान्छा छोरा शरण घाइते भएका छन् ।

    कुटपिट भएपछि श्रेष्ठ परिवारले नेपाल प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनीहरुलाई उद्दार गरेर भक्तपुर इन्टरनेश्नल अस्पताल, लोकन्थली भर्ना गरेको श्रेष्ठ बताउँछन् । अस्पतालमा उनीहरुको उपचार जारी छ ।

    घटनापछि श्रेष्ठको परिवार जाहेरी दिन जिल्ला प्रहरी परिसर, भक्तपुर पुगेपनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको कानून व्यवसायी नवराज तिम्सिनाले बताए । उनले भने, ‘कुटपिट भएपछि उहाँले बोलाउनु भएको थियो, जाहेरी दिन जाँदा प्रहरीले आलटाल गर्यो ।’पछि आफूहरुलाई ढिला गरी प्रहरी वृत्त, ठिमी पठाइएपनि जाहेरी दर्ता नगरी फर्काइदिएको उनले बताए ।(नव जनप्रहारबाट)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...