News Portal

  • युएईमा आफ्नै गाउँले युवतीको हत्या अभियोगमा नेपाली युवकलाई आजीवन कारावास

    पत्रपत्रिकाभक्तपुर, १६ माघ
    १०२१ पटक
    भक्तपुर, १६ माघ

    आफ्नै गाउँले युवतीको हत्या गरेको अभियोग लागेका भोताङ–८, सिन्धुपाल्चोकका ३१ वर्षीय बुले तामाङलाई संयुक्त अरब ईमिरेट्स (युएई) को प्रारम्भिक अदालतले आइतबार आजीवान कारावासको फैसला सुनाएको छ ।

    गत २० मेमा दुवईस्थित ईमिरेट्स हिलको भिल्लामा उनले भोताङ–८ की २५ वर्षीया लप्साङ तामाङको हत्या गरेको भन्दै अदालतले यस्तो सजाय सुनाएको हो। तामाङलाई दुवईको अल अवीर केन्द्रीय कारागारमा राखिएको छ। अदालतले उनलाई १५ दिनभित्र पुरावेदन गर्नको लागि मौका दिएको छ।

    उनलाई सजाय भुक्तान गरेपछि युएईबाट निष्कासन गर्नसमेत आदेश दिइएको भएपनि काराबास सजाय कति वर्षमा पूरा हुन्छ भन्ने खुलाइएको छैन।

    बुलेले भने लप्साङलाई मार्ने उद्देश्य आफ्नो नभएको बयान अदालतसमक्ष दिएका थिए। छुट्टीको दिनमा लप्साङ बुले कार्यरत स्पोन्सर (साहु) को घरमा दिउसो पुगेको र त्यही उनीहरुबीच विवाद हुँदा बुलेले लप्साङलाई धेकेली दिदाँ शौचालयको भित्तामा ठोकिएर मुत्यु भएको युएई प्रहरीले दावी गरेको छ।

    पाकिस्तानी सफाई कामदारले घटनाको भोलिपल्ट बिहान युवतीको शब फोहोर राख्ने ठाउँमा फेला पारेका थिए। अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालले वुले तामाङसँग छिट्टै जेलमा गएर भेट्ने तयारी गरेको बताए।

    लप्साङ चार वर्षदेखि दुबईमा थिइन्। गत फेब्रुअरीदेखि उनी के पप चिकेन कम्पनीमा सेल्स गर्लका रुपमा काम गर्न गएकी थिइन्। उनी त्यस कम्पनीका सञ्चालक कोरियन नागरिक लुको घरमा कार्यरत थिइन्। (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...