News Portal

  • डाक्टरको यस्तोसम्म लापरवाही : सुत्केरीको गुप्ताङ्गमा प्याडसहित लगाइयो टाँचा

    इभक्तपुर संवाददातापर्वत, १६ माघ
    ९७६ पटक
    पर्वत, १६ माघ

    पर्वत, १६ माघ । पर्वतमा एक सुत्केरीकाे गुप्ताङ्गमा डाक्टरले प्याडसहित टाँचा लगाइदिएकाे थाहा भएकाे छ । अस्पतालले गरेकाे यस्ताे लापरवाहीप्रति अहिले स्थानीय अाक्राेशित भएका छन् । पटकपटक अस्पताल र चिकित्सककाे लापरवाहीका कारण कहिले बच्चा त कहिले सुत्केरी अामाकाे ज्यान जाने गरेकाे हल्ला अाइरहेका बेला पर्वतमा यस्ताे देखिएकाे हाे ।

    पर्वतकाे जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगर यसताे पीडामा परेकी हुन । उनलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरी अञ्चल अस्पताल बागलुङ लगेका थिए । उनी सामान्य रुपमै सुत्केरी भइन् ।

    अस्पतालले उनलार्इ सुत्केरी भएको भोलिपल्ट नै डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन। पछिल्लो दिन झन बढी पीडा हुन थाल्यो ।

    ‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाईबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्काए, पीडा त भइहाल्छ नि । अलि–अलि दुखाइ पनि सहन नसक्ने भने ।’

    अस्पताल गएर डाक्टरसँग परामर्श गर्दा पनि उनलाई औषधि दिएर पठाइयो । पीडा घट्नुको साटो बढ्दै गयो । उनको गुप्तांग भित्र प्याड राखेर टाँका लगाइएको रहेछ । त्यो प्याड सुत्केरी भएको १२ औं दिनमा मात्र निकालिएको छ ।

    प्रतिकृया दिनुहोस्

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि...

    सिरोहियाको पक्षमा बोलेर आलोचित बनेका महले मागे माफी

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा बोलेपछि आलोचित बन्न पुगेका कलाकारद्वय मदन कृष्ण श्रेष्ठ...

    दधिकोटका घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार

    भक्तपुरको सूर्यविनायक- ४ दधिकोट निवासी लोकनाथ घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार प्रदान गरिएको छ...

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...