News Portal

  • बलात्कार र ज्यान मार्ने उद्योगका आरोपितलाई अदालतको आश्चर्यजनक पुरस्कार

    पत्रपत्रिकाललितपुर, १७ माघ
    ७२२ पटक
    ललितपुर, १७ माघ

    पर्याप्त प्रमाण र आधार हुँदाहुँदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको खुलेको छ ।

    ‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका ३ आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

    ‘कसले घटना घटाएको भन्ने प्रश्नमा पीडित पक्षका कानुन व्यवसायीहरू कसैले कुन प्रतिवादीप्रति भनी देखाइदिन सकेको पाइँदैन,’ आदेशमा भनिएको छ, ‘पीडितले समेत यी–यी व्यक्तिले करणी गरेको भनी लेखाइदिन सकेको देखिँदैन ।’

    मुद्दाको सम्पूर्ण मिसिल उपलब्ध गराउने जिल्ला अदालतस्रोतका अनुसार प्रहरी प्रतिवेदनमा उक्त घटनामा भएको आक्रमणको विस्तार र हुनुपर्नेजति प्रमाण उपलब्ध छ ।
    यो खबर आजको कान्तिपुर दैनिकमा छ, उपचारका क्रममा होस खुलेपछि पीडित युवतीले दिएको किटानी जाहेरीमा प्रतिवादीहरूको नाम स्पष्ट रूपमा उल्लेख गरी आफूमाथि आक्रमण, मुख थुन्ने काम र ढुंगा प्रहार भएको उल्लेख गरेकी छन् ।

    जाहेरीअनुसार पीडितमाथि सुरुमै ढुंगा प्रहार भएको देखिन्छ । त्यसपछि उनी बेहोस भइन् । जिल्ला सरकारी वकिल कार्यालयस्रोतले भन्यो, ‘बेहोस अवस्थामा उनले आफूमाथि क–कसले जबर्जस्ती गरे, थाहा पाउने कुरै भएन ।’

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...