News Portal

  • राष्ट्रिय ध्वजावाहक जहाजमा मुसा दौडिएपछी

    पत्रपत्रिकाकाठमाडौँ, १९ माघ
    ४७१ पटक
    काठमाडौँ, १९ माघ

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठुलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो ।

    उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुटेको देखे । लगत्तै हल्लाखल्ला भयो । यो कुरा चालक दलसम्म पुग्यो ।

    अमेरिकी जहाज निर्माता कम्पनी बोईङसँग तीन दशकअघि खरिद गरिएको १ सय ९० सिट क्षमता बि ७ ५७ —२०० सिरिजको निगमको उक्त जहाज बिहीबार क्याप्टेन सन्तोष शर्माले दिल्लीबाट काठमाडौं ल्याईरहेका थिए ।

    बीच बाटोमै जहाजभित्र मुसा देखिएको यात्रुले बताएपछि काठमाडौं अवतरण हुनासाथ निगमको ईन्जिनियरिङ विभागले यात्रु झारेर जहाजका सबै ढोका बन्द गरी सिल गर्यो ।

    त्यसपछि जहाज र यात्रु सुरक्षाप्रति संवेदनशील हुँदै निगम व्यवस्थापनले उक्त जहाजलाई विमानस्लमा ग्राउन्डेड गर्यो ।,आजको नागरिकमा यो खबर छ ।

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...