News Portal

  • प्रम देउवाको यस्तो आकांक्षा

    पत्रपत्रिकाकाठमाडौँ, २० माघ
    ४९४ पटक
    काठमाडौँ, २० माघ

    वाम गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको बेला सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगभग निश्चित गरिसकेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले नै आकांक्षा देखाएका छन्। संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका महत्वपूर्ण हुने गर्छ।

    हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसको ६३ जना सांसद रहनेछन् । निर्वाचनमा कांग्रेसले प्रतक्ष्यतर्फ २३ र समानुपातिकतर्फ ४० सिट पाएको हो ।

    समाचारमा लेखिएको छ, कांग्रेस संसदीय दलको नेता बन्न आफ्नो कुल सांसदको ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ। गुट उपगुटमा विभाजित कांग्रेसभित्र प्रतिनिधिसभामा निर्वाचिन सांसदमध्ये सभापति देउवा पक्षका धेरै छन्। पार्टीभित्र देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुट सशक्त छन्। साथै पभावशाली नेताहरुको छुट्टै उपगुट छ। (नेपाल समाचारपत्र)

    प्रतिकृया दिनुहोस्

    मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गएराति मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गएको छ । दुर्घटनामा...

    राष्ट्रपतिको कदमप्रतिगमनको नयाँ स्वरुपः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको...

    एकथरी मान्छेहरु प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हाल्छन्ः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप...

    सिट बाँडफाँटको विषयमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल

    सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका...

    सशस्त्र प्रहरी बलको निरीक्षकसहितका पदमा दरखास्त आह्वान

    सशस्त्र प्रहरी बलले निरीक्षकसहितका पदमा आवेदन आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी...