News Portal

  • काँग्रेसले जित्यो वाम गठबन्धनलाई : यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा कर्माचार्य

    चितवन, २० माघ
    १०४६ पटक
    चितवन, २० माघ

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत भएका छन ।

    उनले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २७९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन । कर्माचार्यले ९८७ मत प्राप्त गर्दा डोलनाथ खनालले ७०८ मत मात्र प्राप्त गरे । कर्माचार्यलाई नेपाली काँग्रेसको समर्थन रहेको थियो भने खनाललाई वाम गठबन्धनको समर्थन रहेको थियो ।

    यस्तै वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, हरिशरण केसी र दीपक अधिकारी विजयी हुनुभएको छ । यस्तै उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, एनकुमार साई, कृष्णप्रसाद सुवेदी र प्रभुप्रसाद कलवार विजयी भएका छन । मालबाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी भए ।

    यस्तै महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा वसन्त भण्डारी, डेकनाथ गौतम र रवि रिमाल मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा नन्दलाल श्रेष्ठ, शम्भुप्रसाद रिजाल र शेखरनाथ सिटौला मत प्राप्त गरी विजयी भएका छन ।

    कोषाध्यक्षमा किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त विजयी बनेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...