News Portal

  • भक्तपुरमा वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मा सम्मानित

    भक्तपुर, २१ माघ
    ११९८ पटक
    भक्तपुर, २१ माघ

    तीन दशकभन्दा लामो समय कलाकारितामा लाग्नुभएका वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगदसहित सम्मान गरिएको छ ।

    भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर स्कूलको आज आयोजित २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्कूलका संस्थापक निर्देशक एवं प्रिन्सिपल रामप्रसाद सुवेदीले कलाकार शर्मालाई नगद रु १० हजार एक र सम्मानपत्रसहित ‘ॐ ज्ञान मन्दिर सम्मान, २०७४’ प्रदान गरी सम्मान गरे ।

    कार्यक्रममा प्रिन्सिपल सुवेदीले देशको सम्पत्ति र गहनाका रुपमा रहेका कलाकारलाई स्कूलले प्रत्येक वर्ष सम्मान गर्दै आएको जानकारीसमेत गराए ।

    त्यस अवसरमा सम्मानित कलाकार शर्माले पछिल्लो समयमा रङ्गमञ्च फस्टाउँदै गएको र चलचित्रसमेत वर्षमा धेरैभन्दा धेरै निर्माण हुने भएकाले यसबाट कलाकारलाई बाँच्न पुग्ने अवस्था आएको बताए ।  चलचित्र क्षेत्रमा अहिले वार्षिक अरबौँको लगानी हुने गरेको उनको भनाइ थियो ।

    कार्यक्रममा विद्यालय तथा विद्यालय बाहिर भएका विभिन्न प्रतियोगितामा विजेता बनेका विद्यार्थीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा गायिका कुन्ती मोक्तानदेखि विद्यार्थीसम्मले नाटक, गीत, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति राखेका थिए ।

    विद्यालयले यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिकर्मी सत्यमोहन जोशी, गायक योगेश वैद्यलगायतलाई नगद रु १० हजारसहित उक्त सम्मान प्रदान गरेको कार्यक्रमका संयोजक एवं शिक्षक रामगोपाल आशुतोषले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...