News Portal

  • भातमा पनि भारतकै भर

    पत्रपत्रिकाबीरगंज, २३ माघ
    ९६८ पटक
    बीरगंज, २३ माघ

    भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् ।

    स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् ।

    एक वर्षयता केही उद्योगले भारतबाट चामल ल्याएर आफ्नो ब्रान्डका बोरामा प्याक गरी बजारमा पठाउन थालेपछि आफैं चामल उत्पादन गर्ने उद्योगहरू झन् समस्यामा परेका छन् ।

    प्रसौनीस्थित राइस मिल व्यवसायी विनय साह ७ वर्षअघिसम्म पर्सा बारामा करिब ३ सयको संख्यामा रहेका चामल उद्योगमध्ये २ सय ५० बन्द भइसकेका बताउँछन् । हाल ४०–५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधाजसो संकटग्रस्त भएर बन्द हुने अवस्थामा रहेको उनले बताए ।

    अवैध बाटोबाट पनि दैनिक ठूलो परिमाणमा चामल भित्रिन्छ । पेसेवर ढुवानीकर्ताहरूले वीरगन्जका किराना पसलहरूसम्मै चामल ढुवानी गरी ल्याइदिने गरेकाले नेपाली चामलभन्दा सस्तो पर्ने भारतीय चामल सहजै बजारमा पाइन्छ ।

    एक अर्बको चामल आयात

    चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा वीरगन्ज नाकाबाट झन्डै १ अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार तथ्यांकअनुसार ९९ करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ९८ लाख किलो चामल आयात भएको छ । गत आवको यसै अवधिमा ८८ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख किलो चामल यो नाकाबाट आयात भएको थियो । तुलनात्मक रूपमा झन्डै २३ लाख किलोभन्दा बढी चामल चालु आवमा आयात भइसकेको छ ।

    २ वर्षअघि ६ महिना लामो बन्द हडतालमा ७ अर्ब रुपैयाँभन्दा बढीको नोक्सान व्यहोरेका यहाँका चामल उद्योगले बन्द हडतालपछि पनि धान अभाव र लोडसेडिङजस्ता समस्या व्यहोर्नुपरेको मोहित एग्रो इन्डस्ट्रिजका व्यवस्थापक एवं वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

    भारतले सार्क मुलुकमा बासमतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेम्प्टेम्बर ९ बाट फुकुवा गरेपछि त्यसयता भारतबाट तयारी चामल ठूलो परिमाणमा आयात हुन थालेको छ । तर, भारतबाट धान आयात गर्न भने झन्झट छ ।

    भारतले धान निर्यातमा कोटा लगाएकाले यहाँका उद्योगीले चाहेजति धान भारतबाट आयात गर्न सक्दैनन् । त्यही धान आयात गर्न दिल्ली पुगेर त्यहाँस्थित कृषि विभागको अनुमति र पटनाबाट पनि त्यसलाई कार्यान्वयन गराउनुपर्ने अवस्था रहेको छ ।

    मुलुकको कुल चामल मागको ४० देखि ५० प्रतिशत आपूर्ति यहाँका उद्योगले नै गर्दै आएका छन् । राजधानीको चामलको आधा बजार पनि यी दुवै जिल्लाका उद्योगले धान्दै आएका छन् । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...