News Portal

  • बलात्कार प्रकरण – एसपी पनि निलम्बनमा

    पत्रपत्रिकासुनसरी, २४ माघ
    ८९४ पटक
    सुनसरी, २४ माघ

    प्रहरी मुख्यालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्दर माझी र इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर चिरञ्जीवी दाहाललाई निलम्बनको लागि गृहमन्त्रालयमा पत्र पठाएको छ।

    पुस १६ गतेको बलात्कार घटनाका पीडकलाई मिलापत्र गराएर छाडेको भन्दै छानबिनका लागि एसपी माझी र इन्सपेक्टर दाहाललाई निलम्बनको माग गर्दै प्रहरी मुख्यालयले मंगलबार गृहमन्त्रालयमा पत्र पठाएको हो।

    घटना छानबिनका लागि संघीय प्रहरी ईकाई प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिबहादुर पालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। समितिले अनुसन्धानका क्रममा एसपी माझी, इन्सपेक्टर दाहाललाई सोधपुछ गर्नुपर्नै र वयान लिनुपर्ने भएपछि उनीहरुलाई लिनम्बन गर्न प्रहरी मुख्यालयले गृह मन्त्रालयमा पत्र पठाएको हो।

    प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी मनोज न्यौपानेले छानबिनमा रहेका उनीहरुलाई आवश्यक सोधपुछ र वयान लिनुपर्ने भएपछि निलम्बनको लागि सिफारिस गरिएको जानकारी दिए।

    १४ वर्षिया बालिका बलात्कारको घटनामा मुद्दा दर्ता नगरी आर्थिक लेनदेनमा मिलापत्र गराएको घटना सार्वजनिक भएपछि एसएसपी पालको नेतृत्वमा छानविन समिति बनेको थियो ।

    समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउनेछ । प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले पालको नेतृत्वमा छानविन समिति बनाएका थिए ।

    ती बालिकालाई इटहरीको रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै पीडितका परिवारले मुद्धा दर्ता गर्न खोजेका थिए । तर मुद्धा दर्ता नभइ मिलापत्र गर्न दबाब दिइएको थियो । इटहरी –२० का वडाध्यक्षसमेतको रोहबरमा मिलापत्र भएको बताइएको छ ।

    यता वडाध्यक्ष मणिराम श्रेष्ठले भने आफूलाई उक्त घटना बलात्कारको भएको भन्ने थाहा नभएको बताएका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...