News Portal

  • समुदायको लापरवाहीले भक्तपुरमा डेंगु संक्रमण बढेको जनस्वास्थ्य प्रमुखको जिकिर

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २५ कार्तिक २०८१
    ६७२ पटक
    भक्तपुर, २५ कार्तिक २०८१

    जनस्वास्थ्य कार्यालय भक्तपुरले समुदायको लापरवाहीले जिल्लामा डेंगु रोगको जोखिम बढेको जिकिर गरेको छ । निर्माण कार्यका लागि टोलमा समिति बन्ने तर सरसफाइमा भने पर्याप्त ध्यान नदिने कार्यालयको गुनासो छ ।

    डेंगुबारे नबुझ्नेले भन्दा बुझ्नेहरुले नै लापरवाही गरिरहेका जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडा बताउँछन् । मानिसहरुले गमलाका फूलसंगै लामखुट्टेका लार्भाहरु बढाइरहेका उनले बताए ।

    आइतवार स्थानीय पत्रकारसंग कुरा गर्दै प्रमुख खतिवडाले यस्ता लामखुट्टेलाई बोटबिरुवाको रस चाहिने र जमेको सफा पानीमा मात्र अण्डा पार्ने जानकारी गराउदै बगैचा र फूलबारीमा पानी जम्न दिन नहुनेमा जोड दिए ।

    एउटा बयस्क पोथी लामखुट्टेले एकपटकमा ५ सय वटा फुल पार्ने र प्रत्येक फुलबाट अर्को लामखुट्टेको जन्म हुने जानकारी दिंदै उनले संक्रमित लामखुट्टे नियन्त्रण नै डेंगु रोग नियन्त्रणको एकमात्र उपाय भएको बताए । लामखुट्टे नियन्त्रण प्रभावकारी नहुँदा रोग नियन्त्रणमा नआएको प्रमुख खतिवडाले प्रष्ट पारे ।

    भक्तपुरमा यो वर्ष १ हजार ७ सय २९ जनामा संक्रमण भएको तथ्याङ्ग आफूहरुसंग आए पनि यो भन्दा तेब्बर बढी संक्रमित रहेका कार्यालयका डेंगु हेर्ने अधिकृत दिपक अछामीले जनाएका छन् । ”निजी अस्पतालका धेरै केश तथा मेडिकल र पोलिक्लिनिकका परिक्षणहरु हामीलाई जानकारी नै हुँदैन ।” उनले भने ।

    किटको शुल्क बढी लिएर डेंगु परिक्षण गर्ने स्वास्थ्य सस्थाले डेंगु परिक्षण गरिरहेको जनस्वास्थ्य कार्यालयसंग लुकाउन खोज्ने भएकाले परिक्षणको सही तथ्याङ्ग संकलन गर्न नसकेको उनले बताएका छन् । स्वास्थ्य संस्थाहरुले रिपोर्ट नपठाए आफूहरुको तथ्यांक संकलन अपूरो हुने उनको भनाइ छ ।

    कार्यालयले राखेको तथ्याङ्क अनुसार भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा डेंगु संक्रमित बढी छन् । भक्तपुरमा ७ सय ८२ मा संक्रमण हुँदा मध्यपुर थिमिमा सो संख्या ४ सय ७७ छ । त्यस्तै सूर्यविनायकमा २ सय ५५ र चाँगुनारायणमा ६९ जनामा संक्रमण भएको अधिकृत अछामीले जानकारी दिए ।

    परिक्षणबाट संक्रमण पुष्टि भएको जानकारी सम्बन्धित स्वास्थ्य संस्थाले जनस्वास्थ्य कार्यालयमा नदिने र अर्को तर्फ संक्रमितहरुले परीक्षण नगरेर पनि तथ्याङ्क प्रभावित बन्न पुगेको उनले बताएका छन् ।

    सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष सुन्दर शिल्पकारले आफू डेंगुको संक्रमणमा पर्दा पाएको दुख सुनाउदै डेंगु रोग नियन्त्रण प्रभावकारी बनाउन आग्रह गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा कार्यालयले वार्षिक कार्यक्रमबारे जानकारी गराएको थियो भने सहभागीहरुले वार्षिक क्यालेन्डरसहित कार्ययोजना बनाउन र उपलब्धी तथा चुनौतीहरुको दस्ताबेजीकरण गर्न सुझाव दिएका थिए । कार्यक्रममा ३ दर्जन पत्रकार सहभागी रहेका नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले बताएका छन् ।

    के हो डेंगु

    डेंगु एक भाइरल रोग हो । यो पोथी लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दोस्रो पटक लाग्ने डेंगू पहिलेको तुलनाम अझ बढी खतरनाक हुन्छ । त्यसैले संक्रमित लामखुट्टेको टोकाइबाट बच्नु नै देंगुबात बच्ने प्रमुख उपाय हो । यस्तो लामखुट्टेले प्राय: उज्यालोमै टोक्छ ।

    यो रोगको संक्रमणकाल ३ देखि १०दिन रहन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु,पेट दुख्नु,वाकवाकी लाग्नु,आँखाको गेडी दुख्नु, जीउ, जोनी दुख्नु, रातोरातो बिमिरा देखा पर्नु जस्ता लक्षण देंगीका लक्षण हुन् ।

    डेंगु भएका बिरामीले प्रसस्त झोलिलो खाना खानुपर्छ । यो रोग लागिसकेपछि रोग प्रतिरोधात्मक क्षमता बढाउनु पर्ने प्रस्ट पार्दै प्रोटिनयुक्त पदार्थ बढी खानु भक्तपुर अस्पतालकी निर्देशक डा सुमित्रा गौतम सुझाउँछिन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...