News Portal

  • सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ कार्तिक २०८१
    ५७२ पटक
    भक्तपुर, ७ कार्तिक २०८१

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले जनाएका छन् । जिल्ला पार्टीको नेतृत्वमा हजारौं सर्वसाधारण सरकारलाई खबरदारी गर्न काठमाडौं जाने उनको भनाइ छ ।

    नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते शनिबार काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने तय भएको भन्दै उनले भक्तपुर बाट ब्यापक जनसहभागिता रहने विश्वास व्यक्त गरे । सरकारका गलत कामको प्रतिरोध र गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराउन पार्टीले कार्यक्रम निर्धारण गरेको उनले बताएका छन् ।

    विपत् व्यवस्थापनमा सरकार गैरजिम्मेवार र योजनाविहिन भएको कारण बाढीपहिरो पिडित जनताको खोजी, राहत, उपचार, पुनर्स्थापना र पुनर्निर्माणको क्षेत्रमा समस्या भएको त्यसैगरी आफ्नो पार्टी नेतृत्वको सरकारले शुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधि भैरहेकोले खबरदारी सभामा सहभागी हुनुको बिकल्प नभएको उनको भनाइ छ ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मको नेतृत्वमा बुधवार बिहान तयारी बैठक समेत सम्पन्न भएको छ । उनले जिल्लाका सबै नगर अध्यक्ष र जनवर्गीय संगठनका प्रमुखहरु बोलाई खबरदारीसभाको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

    बैठकमा बागमती प्रदेश सांसद एवं केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले केपी ओली नेतृत्वको सरकारले सय दिन काम गर्दा दलाल, बिचौलिया तथा भ्रष्टाचारीहरुको संरक्षण गर्ने र जनतालाई निराश बनाउने मात्र काम भएको भन्दै सरकारलाई सहि मार्गमा ल्याउन खबरदारी सभालाई सशक्त बनाउन आग्रह गरे ।

    त्यस्तै, अर्का केन्द्रीय सदस्य डिपी ढकालले उद्योगहरुको बक्यौता उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, पार्टीगत स्वार्थ साध्न उपसभामुख हटाउन खोज्ने र बिचौलिया र दलालको पक्षमा उभिएको सरकारले कुशासन, महङ्गी बढाउनुका साथै अर्थतन्त्र धरासायी बनाएको बताए । प्रधानमन्त्री स्वयंले आफ्नो दलको पार्टी कार्यालयका लागि विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारको नाङ्गो नाच नाचिरहेको आरोप लगाउदै उनले सरकारलाई तह लगाउनपर्ने आवश्यकता औल्याए ।

    बैठकमा केन्द्रीय सदस्यहरु प्रतिमा श्रेष्ठ, इन्दिरा अधिकारी त्यसैगरी प्रदेश सदस्यहरु युवराज आचार्य, डिपी थपलिया आक्रोश, प्रेम लामा तथा प्रदेश सांसदसमेत रहेकी भुवनकेशरी श्रेष्ठ भावनाको उपस्थिति रहेको थियो ।

    बैठकमा नगर अध्यक्ष र जनवर्गीय संगठनका प्रमुखहरुले रिपोर्टिंग गरेका जिल्ला सचिव जीवन तजले जानकारी दिए । सचिव तजले दिएको जानकारी अनुसार जनप्रदर्शन र खबरदारी सभामा प्रत्येक नगर समितिबाट ५ सयको संख्यामा गरी कम्तिमा २ हजार जना कार्यकर्ता सहभागी हुनेछन भने जनवर्गीय संगठनका तर्फबाट समेत ब्यापक सहभागिता हुनेछ ।

    भक्तपुरमा माओवादी केन्द्रको ३ हजार बढी पार्टी सदस्य रहेका छन् । पार्टी सदस्यको अलावा आम सर्वसाधारण समेत सरकारलाई खबरदारी गर्न सडकमा ओर्लने अपेक्षा गरिएको जिल्ला संयोजक सुनिल बासुले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...