सामाजिक अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार भएको छ । सोमबार राति अज्ञात समुहले उनलाई रड प्रहार गरी घाइते बनाएको हो ।
काठमाडौंको जोरपाटीस्थित निवास नजिकै रड प्रहार गरिएपछि उनी गम्भीर घाइते भएका छन् । गौतमको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भैरहेको छ ।
उनलाई सुनियोजित तरिकाले आक्रमण गरिएको पारिवारिक श्रोतले जनाएको छ । उनको घरको रेकी गर्दै केही दिनदेखि मानिसहरु हिडिरहेका भएपनि परिवारले यो तहको आक्रमण हुने कल्पना भने नगरिएको बताएको छ ।
बिस्तृत विवरण आउँन बाँकी छ ।