News Portal

  • दुई बंगलादेशीलाई देश निकाला

    पत्रपत्रिकाकाठमाडौँ, २४ माघ
    ६९५ पटक
    काठमाडौँ, २४ माघ

    गृह मन्त्रालयले नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

    अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले नक्कली राहदानीमा नेपाललाई ट्रान्जिट बनाई युरोप छिर्न खोज्ने उनीहरूलाई ५ वर्ष नेपाल आउन नपाउने गरी निष्काशन गरेको हो ।

    समाचारमा लेखिएको छ, उनीहरू पुस २३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पक्राउ परेका थिए ।

    पोर्चुगलको जाली राहदानीमा चीनको कुनमिङ हुँदै युरोप जाने क्रममा उनीहरू विमानस्थल अध्यागमनमा पुस १८ गते पक्राउ परेका थिए ।

    विभागले उनीहरूलाई गत शुक्रबार बंगलादेश फिर्ता पठाएको छ। अध्यागमन विभागका निर्देशक राजुप्रसाद पौडेलले जाली राहदानीमा आएका दुई बंगलादेशीलाई निष्काशन गरिएको बताए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...