News Portal

  • जेब्रा क्रसिङमै पैदल यात्री मार्ने चालकलाई उन्मुक्ति नदिन चेतावनी

    इभक्तपुर संवाददाताभक्तपुर, २४ माघ
    १२५६ पटक
    भक्तपुर, २४ माघ

    साँझ करीब ५ बजे देखि अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । मिनिट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि आक्रोसीत पीडितका आफन्त र स्थानीयले ठिमीमा बाटो बन्द गराएपछि यातायात अवरुद्ध बनेको थियो ।

    बुधवार बिहान मर्निङ वाकमा निस्केका ६६ बर्षिय जगतकुमार श्रेष्ठको चारदोबाटोमा मिनिट्रकको ठक्करबाट मृत्यु भएपछी मानिसहरु आन्दोलित बनेका हुन् । काठमाडौँबाट भक्तपुर आउँदै गरेको बा २ ख ८००६ नं को मिनीट्रकले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।

    जेब्रा क्रसिङमै पैदल यात्रीलाई ठक्कर दिएर मृत्यु भएपछी लापरवाहीको हद पार भएको भन्दै स्थानीयले चालकलाई सक्त कारवाहीको माग गर्दै साझ ५ बजेदेखि राजमार्ग बन्द गराएका थिए । तीव्रगतिमा आएको मिनिट्रकले ठक्कर दिँदा शव हेर्नै नसकिने क्षतविक्षत अवस्थामा भएकोले पनि सबै स्थानीयले बन्दमा साथ् दिएका थिए ।

    ब्यापक मात्रामा प्रहरी तैनाथ गरिएको भएपनि प्रहरीले आन्दोलनकारीहरुलाइ हस्तक्षेप गर्ने हिम्मत गरेन ।रातपरेपछि आन्दोलनकारीहरुले जेब्रा क्रसिङमै पैदल यात्री मार्ने चालकलाई उन्मुक्ति नदिन प्रहरीलाइ चेतावनी दिदै बन्द स्थगित गरे ।

    मिनीट्रक र काभ्रे सिसाखानीका चालक जगाती बस्ने २९ बर्षिय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरी वृत ठिमीका डीएसपी प्रज्वल महर्जनले इभक्तपुरलाइ जानकारी गराएका छन् । उनले पीडितको आक्रोस जायज भएपनि राजमार्ग बन्द गरेर सर्वसाधारणलाई दुख दिनु गलत बाटो भएको भन्दै आफुले पीडितलाई अन्याय हुन् नदिने दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...