News Portal

  • आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमती कुट्ने श्रेष्ठ जेल चलान

    भक्तपुर, २६ माघ
    १००८ पटक
    भक्तपुर, २६ माघ

    आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    आफ्नी श्रीमतीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

    भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश भोजराज शर्माको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ को व्यवस्थानुसार कानूनबमोजिम सिधा पाउने गरी अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी अदालती व्यवस्था १२४ बमोजिम आदेश दिइएको अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए ।

    श्रीमतीमाथि परपुरुषसँग लागेको शंका भई पटक पटक झगडा पर्दै आएको अभियुक्त सुमनले प्रहरी र अदालतमा दिइएको बयानमा स्वीकार गरेका छन् । श्रीमान् माइत जाँदा वा अरु कोहीसँग बोल्दा पनि शंका गर्ने र बेला बेलामा कुटपिट गर्ने गरेकोसमेत उनको श्रीमतीले बयानमा उल्लेख गरेकी छन् । विसं २०६२ मा विवाह भई उनीहरुको एक छोरी र एक छोरा छन ।

    पुर्पक्षका लागि थुनामा राखिएको श्रेष्ठ दोषी ठहर भए उनलाई ५ देखि १० वर्षसम्म कारागार सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको स्रेष्तेदार बोहरा बताउछन ।

     

    हाम्रो फेसबुक पेज लाइक गरेर हामीसंग फेसबुकमा पनि जोडिन सक्नुहुन्छ

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...