News Portal

  • मेयर कपको उद्घाटनमा मेयरहरुले भने – नेता नारायणमान बिजुक्छेलाई प्रत्यक्ष भेट्नु नै भाग्य

    इभक्तपुर संवाददाताभक्तपुर, ३ फागुन
    १७३७ पटक
    भक्तपुर, ३ फागुन

    भक्तपुरमा मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । नेमकिपाका केन्द्रिय अध्यक्ष नेता नारायणमान बिजुक्छेले बिहीबार शहिद स्मृति खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

    दत्तात्रयबाट शुरु भएको र्याली खेल मैदानमा पुगेपछि औपचारिक उद्घाटन कार्यक्रममा बदलिएको थियो । नेता बिजुक्छे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अतिथि बक्ताका रुपमा बोलेका मेयर लगायतले भक्तपुर आफुहरुको ‘रोल मोडल’ भएको बताएका थिए । उनीहरुले नेता नारायणमानलाइ प्रत्यक्ष भेत्न पाउदा आफू भाग्यमानी भएको भनेका थिए ।
    ”भक्तपुरका जनताको काम समयमा गर्न नसक्दा वा काममा १० मिनेट पनि ढिला हुदा जनतासंग माफी माग्ने गरेको हामीले सुनेका छौ । भक्तपुर हाम्रो लागि रोलमोडल हो । यहाँका नेता नारायणमान बिजुक्छे हाम्रो आदर्श नेता हुनुहुन्छ ।” धनकुटाका मेयरले प्रशंसा गर्दै थपे ” नेता बिजुक्छेसंग साक्षात्कार हुदा पनि ठुलो सपना पुरा भए जस्तो लागेको छ ।”
    बक्ताहरुले बिजुक्छेलाई पद र पैसाको लोभ नभएको भन्दै प्रशंसा गरेका थिए भने भक्तपुर नगरपालिकाले छोटो अवधीमै यसरी राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा खुशी लागेको बताउदै मेयर सुनील प्रजापतिलाई बधाई दिएका थिए ।

    मेयर प्रजापतिले एतिहासिक तथा सास्कृतिक नगरी भक्तपुरमा सबैलाई स्वागत गरेका थिए ।

    प्रदेश सांसद सुरेन्द्रराज गोसाई लगायत नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिति देखिएको कार्यक्रममा युवा ,बिद्यार्थी तथा खेलप्रेमीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

    २१ नगरपालिकाको टीम सम्मिलित प्रतियोगिता आजैबाट शुरु समेत भएको छ । अन्तराष्ट्रिय रेफ्रि गाैतम लासिबाको प्रमुख रेफ्रिको भूमिकामा प्रतियोगिता संचालन भैरहेको  छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...