News Portal

  • बजारमा बिक्न सक्ने गरी विद्यार्थीलाई तयार गर्न सदस्य सचिव अर्यालको आह्वान

    भक्तपुर, ५ फागुन
    ९२८ पटक
    भक्तपुर, ५ फागुन

    राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालयले बजारमा बिक्न सक्ने गरी विद्यार्थीलाई तयार गर्नुपर्ने बताएका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेलालाइ भक्तपुरमा शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

    सदस्यसचिव अर्यालले शिक्षा  जीवनोपयोगी हुनुपर्ने भन्दै हातमा पाउने प्रमाणपत्रले गरिखानसक्ने बनाउनुपर्नेमा जोड दिए । प्राविधिक तथा व्यावसायिक शिक्षा बिद्यालय तहमा आएपछि पहुँचमा बृद्धि भएको र यसको गुणस्तर पनि भरपर्दो हुदै आएको अर्यालले दाबी गरे ।

    कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका प्राविधिक तथा व्यावसायिक शिक्षा हेर्ने अधिकृत खिलानाथ धमलाले पाठ्यक्रम विकास केन्द्रले, देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम निर्माणको तयारीमा जुटेको भन्दै प्राविधिक तथा व्यावसायिक शिक्षामा देखिएको लगावले शिक्षाले फड्को मार्ने निस्चित रहेको जिकिर गरेका थिए ।

     

    प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालका अध्यक्ष रहेका श्री पद्म उमाविका प्राचार्य राम हाडाले शुक्रवार शुरु भएको भेला शनिवार सकिएको जानकारी गराएका छन् । देशभरका २ सय८४ बिद्यालयमा संचालित प्राविधिक तथा व्यावसायिक धारकाे  पढाइबारे भेलामा अनुभव आदानप्रदान हुनुको साथै भेलाले प्राविधिक तथा व्यावसायिक धारको बिकाशका लागि ब्यापक छलफल गरी केहि निर्णयसमेत गरेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको...

    १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

    देशभरिका १३ क्याम्पसमा आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिएको छ । विद्यार्थी सङ्गठनबीच...