News Portal

  • सर्लाहीमा निदाएका ट्रक चालकले बसमा ठक्कर दिदा ७ यात्री सख्त घाइते

    प्रेमनाथ पाैडेलसर्लाही, ५ फागुन
    १५०० पटक
    सर्लाही, ५ फागुन

    पुर्ब पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन चौकमा ट्रकले बस लाई ठक्कर दिदा बसमा सवार ७ यात्रु सख्त घाईते भएका छन् ।
    पोखराबाट कटारी तर्फ जादै गरेको ना ५ख १७५३नम्बर को लालिमा यातयातको बसलाई बिपरित दिशा बाट आएको ना ६ख ३५२७ नम्बरको मालबाहक ट्र्कले ठक्कर दिदा दुर्घटना भएको हो ।

    टेलिफोनको पोलमा ठक्कर खाइ अनियन्त्रित भएको ट्रकले रोकि राखेको लालिमा यातयातलाई ठक्कर दिदा बस मा सवार ७ यात्रु घाईते भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

    घाईते हुनेमा उदयपुर कटारी कि गङ्गा बस्नेत ,सोहि ठाउ बस्ने सोम माया मगर रामेछाप मन्थलीका सीता नेपाली ,त्यस्तै प्रमेश्वर चौधरी ,बालमोहन साह ,धानु अधिकारी ,र सुश्मा धामी रहेको र उनीहरु को हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।
    ठक्कर दिने ट्रक को चालक निदाय को कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
    ट्रक तथा बस र चालक इलाका प्रहरी कार्यालय को नियन्त्रण मा रहेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक पाछु चौधरी ले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...