News Portal

  • भोजपुरलाइ हराउदै सूर्यविनायक सेमिफाइनलमा : ललितपुर,गोदावरी र तिलोत्तमा पनि सुरक्षित

    इभक्तपुर संवाददाताभक्तपुर, ६ फागुन
    १०५१ पटक
    भक्तपुर, ६ फागुन

    भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा सूर्यबिनायक नगरपालिकाले भोजपुर  नगरपालिकामाथि जीतको नतिजा निकालेको छ । आइतवार भएको क्वाटरफाइनलमा भोजपुरलाइ हराउदै सूर्यबिनायक सेमिफाइनलमा पुग्न सफल भएको हो ।

    सूर्यबिनायक नगरपालिकाले भोजपुर  नगरपालिकामाथि १ का बिरुद्ध ३ सेट जीत दर्ज गरायो । आजको यस खेलमा  सूर्यबिनायकका चित्र बहादुर केसी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । आफ्ना खेलाडीहरुलाइ हाैसला प्रदान गर्न सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा आफै खेल मैदानमा उपस्थित भएका थिए । जिल्ला शिक्षा कार्यालयको एक महत्वपूर्ण कार्यक्रमलाइ माया मार्दै उनी खेलाडीलाई हौसला दिन आइपुगेका थिए ।

    आजको खेलमा बनेपाले ललितपुर उपमहानगरपालिकासंग पराजीत बन्दै सेमिफाइनल पुग्ने मौका गुमाएको छ । ललितपुर उपमहानगरपालिकाले बनेपालाई तीनै सेटमा पराजीत गरेपछि बनेपा क्वाटर फ़ाइनलमै सीमित बनेको हो ।

    त्यसैगरी मकवानपुरको थाहाँ लाइ हराएर कैलालीको गोदावरीले सेमिफ़ाइनलको यात्रा सुनिश्चित गरेको छ भने ललितपुरको गोदावरी नगरपालिका भने तिलोत्तमा संग पराजित बनेको छ ।

    हेर्नुस् स्कोरसहित थप विवरण 

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...