News Portal

  • ‘मेयर कप’ मा अविजित रहेका सूर्यविनायक र गोदावरीबीच मंगलवार फाइनल भिडन्त

    इभक्तपुर संवाददाताभक्तपुर, ७ फागुन
    ११७६ पटक
    भक्तपुर, ७ फागुन

    भक्तपुर नगरपालिकाको आयोजनामा जारी मेयर कप अन्तर नगरपालिका भलिवल प्रतियोगिताको फ़ाइनलमा सुर्यविनायक र कैलालीको गोदावरी नगरपालिका पुगेका छन । सोमवारको सेमिफ़ाइनल बाट बिजेता बन्दै यी दुइ टोली फ़ाइनलमा पुगेका हुन् ।

    प्रत्यक खेलमा शुरु बाट नै अविजित रहेका सुर्यविनायक र गोदावरीले सेमिफ़ाइनलमा क्रमस: तिलोत्तमा र ललितपुरलाई हराएका हुन् ।

    ‘बेस्ट अफ फाइभ’ को आधारमा खेलाइएको खेलमा सोमवार रोमाञ्चक प्रतिष्पर्धा भएको थियो । सुर्यबिनायकले तिलोत्तमा लाई २ का बिरुद्ध ३ सेटले पराजीत गरेको थियो । यस खेलमा सुर्यबिनायकका चित्र बहादुर केसी म्यान अफ द म्याच घोषित भए ।

    त्यसैगरी कैलालीको गोदावरीले पनि ललितपुर उपमहानगरपालिकासंग २ का बिरुद्ध ३ सेटको रोमान्जक जीत हासिल गर्यो । यस खेलमा गोदावरीका टंक अवस्थी ‘म्यान अफ द म्याच’ घोषित भए ।

    मेयर कपको अविजित सूर्यविनायक र गोदावरी बीचको रोमाञ्चक फाइनल प्रतियोगिता मंगलवार दिनको १ बजे शहिद स्मृति खेल मैदानमा हुने प्रमुख रेफ्री गौतम लासिबाले इभक्तपुरलाई जानकारी गराएका छन । फाइनल खेलको समाप्ति संगै प्रतियोगिताको समापन कार्यक्रम पनि हुने उनले बताए ।

     

    हेर्नुस् सेमीफाइनलको बिस्तृत नतिजा

    तपाई हाम्रो फेसबुक पेज लाइक गरेर फेसबुकमै समाचार प्राप्त गर्न सक्नुहुनेछ । हामीलाई ट्वीटरमा पनि फलो गर्न सक्नुहुनेछ । eBhaktapur

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...