News Portal

  • पत्ता लाग्यो प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

    पत्रपत्रिकाकाठमाडौँ, ८ फागुन
    १०१६ पटक
    काठमाडौँ, ८ फागुन

    जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ ।

    चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ ।

    धानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएपछि उत्पन्न विवाद अझै निरुपण हुन सकेको छैन ।

    सर्वोच्च अदालत उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको ट्रान्सफर सर्टिफिकेटमा प्रधानन्यायाधीश पराजुलीको त्यतिबेलाको उमेर १८ वर्ष २ महिना १० दिन उल्लेख छ ।

    प्रमाणपत्रमा भनिएको छ, ‘भर्ना हुने रजिस्ट्ररअनुसार उनको जन्ममिति यही हो ।’ उक्त प्रमाणपत्र २०२८ साल जेठ २५ गते जारी गरिएको त्यसमै उल्लेख छ ।

    न्यायपरिषदबाट सर्वोच्च अदालतमा भएको पत्राचारमा समेत यो प्रमाणपत्रको फोटोकपी पठाइएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

    प्रमाणपत्रैपिच्छे फरक विवरण

    प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र त्यससग सम्बन्धित पत्राचारका कागजातमा ३ थरी जन्ममिति भेटिएका छन् । उनको स्थानान्तरण, प्रवेशिका र त्यसपछिको क्याम्पस तहको शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरकफरक उल्लेख गरिएको छ । नागरिकता प्रमाणपत्रमा दुई थरी स्पष्टै भेटिएको छ भने त्यसैका आधारमा बनेको सञ्चयकोषको परिचयपत्र हेर्दा जन्ममिति नै ३ पटक संशोधन गरिएको देखिन्छ । न्यायपरिषदकै अभिलेखमा समेत उनको ३ वटा जन्ममिति भेट्न सकिन्छ ।

    नीच ढंगले भ्रम छरियो : प्रधानन्यायाधीश

    प्रधानन्यायाधीश गोपाल पराजुलीले अरुका बारे भ्रामक सूचना सम्प्रेषण हुन थालेको भन्दै ‘राज्यलाई घच्घच्याउने संस्थालाई आफ्नो विशेषता नगुमाउन’ आग्रह गरेका छन् । पछिल्लो समय आफूबारे प्रकाशित जन्ममिति विवादका समाचारबारे टिप्पणी गर्दै उनले व्यक्तिलाई लागेको विचार तथा अभिव्यक्ति राख्न पाउने स्वतन्त्रता भए पनि ती सत्यता र शिष्टतामा आधारित हुनुपर्ने सुझाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...