News Portal

  • ‘मेयर कप’ : चाँगुले ६ खेलाडी नपाउँदा गोदावरीलाई हराउदै सूर्यबिनायकले उचाल्यो उपाधी

    इभक्तपुर संवाददाताभक्तपुर, ८ फागुन
    ११९७ पटक
    भक्तपुर, ८ फागुन

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधी सूर्यविनायक नगरपालिकाले उचालेको छ । २१ नगरपालिका सहभागी रहेको यस प्रतियोगिताको फ़ाइनलमा शानदार प्रदर्शन गर्दै सूर्यविनायक पहिलो बन्न सफल भएको हो ।

    मंगलवार हजारौ दर्शकले भरिभराउ भक्तपुरको शहिद स्मारक खेल मैदानमा भएको फाइनल खेलमा सूर्यबिनायकले कैलालीको गोदावरी नगरपालिकामाथि बिजय प्राप्त गर्यो । खेल अवधीभर अविजित रहेको गोदावरीलाई फ़ाइनलमा सूर्यबिनायकले हारको स्वाद चखाएको हो ।

    ‘बेस्ट अफ फाइभ’ मा खेलाइएको खेलमा पहिले सेट जित्न सफल गोदावरी लगातार तीन सेट हारेर दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

    दुवै टोली अविजित बन्दै फाइनल सम्म पुगेकोले खेल रोमाञ्चक बनेको थियो । दर्शकहरुले खेलाडीहरुलाई हुटिङ गरेर साथ् दिएका थिए । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा र उपमेयर जुना बस्नेत खेलाडीलाई हौसला प्रदान गर्न मैदानमै उपस्थित भएका थिए । उनीहरुले पुरै खेल अवधी भर खेलाडीलाई साथ दिइरहेको दृश्य हेर्न लायक थियो ।

    २१ नगरपालिका सहभागी भएको यस प्रतियोगितामा भक्तपुरका ३ नगरपालिका सहभागी भएका थिए । आयोजक भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका क्वातरफ़ाइनल भन्दा अगाडी बढ्न सकेनन भने चाँगु नारायण नगरपालिका ६ खेलाडी पनि नभएको भन्दै प्रतियोगितामा सामेल नै भएन ।

    यस प्रतियोगितामा प्रथम हुने सूर्यबिनायकले कपका अलावा १ लाख ५१ हजार पनि पाए भने दोश्रो हुने गोदावरीलाई ७५ हजार प्रदान गरिएको थियो ।त्यसैगरी तेस्रो हुने रुपन्देहीको तिल्लोत्तामा र चौथो हुने ललितपुर उपमहानगरपालिका पनि पुरस्कृत भए । त्यसका अलावा प्रतियोगिताभर उत्कृस्ट प्रदर्शन गरेर बिभिन्न टाइटल उपाधी जित्ने खेलाडीहरु समेत उक्त अवसरमा पुरस्कृत भएका थिए ।

    आजै प्रतियोगिताको समापन पनि भएको छ । नेपाल मजदूर किसान पार्टीका सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवाल, नेमकिपा नेत्री तथा प्रदेश नम्बर ३ की प्रदेश सभा सदस्य सिर्जना सैंजु , भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति लगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगिता अन्तरास्ट्रिय अम्पायर गौतम लासिबाले सचालन गरेका थिए भने संयोजक श्यामकृष्ण खत्री रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...

    मेयरको गुनासो : ख्वपको १० करोड ३८ लाख अझै आएन

    sunil prajapati mayor bhaktapur city

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य बीमा बोर्डले करिब रु....