News Portal

  • २५ वर्षमा ३६ हजारको उद्दार

    हेटौंडा, १८ फागुन
    ८२० पटक
    हेटौंडा, १८ फागुन

    मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपालले २५ वर्षको अवधिमा जोखिममा परेका ३६ हजार ४५ महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ ।

    रोकथाम, उद्धार र पुनःस्थापनामा कार्यरत संस्थाले १८ हजार ५५ जना विभिन्न समस्या परेकालाई कानुनी सहयोग, १० हजार ६ सय ६५ घरेलु हिंसापीडितलाई मध्यस्थता गरेको कार्यकारी निर्देशक विश्वराम खड्काले जानकारी दिए ।

    माइती नेपालले गरेको मेची–महाकाली जनचेतना अभियानको हेटौंडामा आयोजित समापन कार्यक्रममा उनले १५ सय १७ जना पीडकलाई कानुनी कारबाही गरी जेल चलान गरिएको बताए ।

    प्रदेश ३ मा रहेका जिल्लामा मानव बेचबिखनको उच्च जोखिम रहेको उल्लेख गर्दै उनले रोकथामका लागि प्रत्येक नागरिक सचेत हुनुपर्ने बताए ।

    कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले मानव बेचबिखन रोकथामका लागि संसद्मा संकल्प प्रस्ताव लैजाने बताए ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बेचबिखनको शंका लागे नागरिकता दिने क्रममा सोधपुछ गर्ने गरेको बताए ।

    जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीले आर्थिक सशक्तीकरणले मात्रै महिला हिंसा कम गराउन सकिने तर्क गरिन् ।

    फागुन १० गतेदेखि चलेको अभियानअन्तर्गत बुधबार हेटौंडामा जनचेतनामूलक गीत, नाटकसमेत प्रस्तुत गरिएको थियो । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...