News Portal

  • घुस रकमको बाँडफाँड नमिल्दा कर्मचारीहरुले गरे ‘ग्याङ्फाइट’

    इभक्तपुर संवाददाताकाठमाडौं, १९ फागुन
    १०१७ पटक
    काठमाडौं, १९ फागुन

    नेपाल सरकारका अड्डाहरु भ्रष्टाचार केन्द्रका रुपमा परिणत हुँदै गएका छन् । अनेकन शैली मिलाएर सरकारी कर्मचारीहरु भ्रष्टाचार गरिरहेका छन् । नेपालका प्रशासनभित्रकाे भ्रष्टाचार संस्कारका रुपमा स्थापित हुँदै गएकाे छ । कर्मचारीहरु घुस नखाएर काम नै नगर्ने संस्कारमा अभ्यस्त छन् । यसैक्रममा कैलालीकाे एक कार्यालयमा घुस लिने कर्मचारीहरुबीच नै गाेदागाेद भएकाे छ ।

    कैलालीकाे मालपाेत कार्यालय र नापी कार्यालयका क्रमचारीबीच यसरी कुटाकुट भएकाे हाे । यी दुर्इ कार्यालय हाकाहाकी घुस लिने अड्डाका रुपमा चिनिन्छन । उनीहरुबीच घुस खाएकाे रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको खुलासा भएकाे छ ।

    कुटाकुटमा १ जना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ ।

    समाचार अनुसार बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो’, कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले कान्तिपुरसँग भनेका छन्, ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवा गरेका थिए ।’

    प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीको बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

    पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँबर र ज्ञानेन्द्र ओझा छन् । यीमध्ये नापी र मालपोतका कर्मचारी को–को हुन् भन्ने खुलेको छैन ।

     

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...