News Portal

  • कर्णाली प्रदेश सभामा ४ समिति

    इभक्तपुर संवाददातासुर्खेत, २० फागुन
    ९५१ पटक
    सुर्खेत, २० फागुन

    कर्णाली प्रदेश सभामा ४ समिति बनाउने तयारी गरिएकोे छ । प्रदेश सभा नियमावली २०७४ को मस्यौदा समितिले सहमतिमै सभामुखलाई बुझाउने प्रतिवेदन तयार गर्न लागेको जनाएको छ ।

    ११ फागुनमा माओवादी सांसद सीता नेपालीको नेतृत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । मस्यौदा समितिले २६ फागुनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । समितिमा एमालेबाट प्रकाश ज्वाला, दल रावल र मीना रखाल, माओवादीबाट धर्मराज रेग्मी, कांग्रेसबाट दीनबन्धु श्रेष्ठ, यज्ञबहादुर बुढा र राप्रपाबाट सोसिला शाही सदस्य रहेका छन् ।

    समितिले प्रदेश सभामा सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र विधायन तथा प्रदेश मामिला समिति बन्नेछन् । अब बस्ने प्रदेश सभाको बैठकमा प्रतिवेदन पेस गर्ने तयारी गरिएको मस्यौदा समिति संयोजक सीता नेपालीले बताइन् ।

    प्रदेश सभाको बैठकको मिति नतोकिएकाले २६ फागुनभित्रै सभामुखलाई प्रतिवेदन बुझाइनेछ । सरकारले ‘बिजेनस’ दिन नसक्दा प्रदेश सभा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...