News Portal

  • दोषीसँग नाम जुध्दा निर्दोष ‘चतुरे’ जेल चलान

    पत्रपत्रिकानुवाकोट, २३ फागुन
    ७९२ पटक
    नुवाकोट, २३ फागुन

    गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा ८ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन्।

    चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्।

    सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दोष चतुरे जेल परेका हुन् ।

    लिखु गाउँपालिका–६ धाक्रेका चतुरे तामाङलाई पक्राउ गर्न प्रहरी गाउँ पुगेको प्रहरीले निर्दोष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो।

    बाबुको नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नदिई प्रहरीले पक्रेर लगेको छोरा श्याम लामाले बताए। प्रहरीले खोजेको वास्तविक चतुरे भने गाउँमै छन्। १० वर्षअघि चतुरे तामाङलाई चोरी मुद्दा लागेको थियो ।

    चोरी मुद्दामा नुवाकोट जिल्ला अदालतले ०५५ असार ७ मा चतुरेलाई एक महिना १५ दिन कैद र ८८५ रुपियाँ जरिवाना फैसला गरेको थियो।

    त्यही मुद्दा फैसला कार्यान्वयनका लागि चतुरे खोज्दै जाँदा उनलाई पक्राउ गरि जेल चलान गरिएको हो।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...