News Portal

  • ७३ बर्षपछि भयो बत्ती मुनि उज्यालो : दुधपाटीको कर्णालीमा कुद्यो दमकल

    संजीप शुभचिन्तक भक्तपुर, २५ फागुन
    १४०१ पटक
    भक्तपुर, २५ फागुन

    भक्तपुर देख्नेले दुधपाटी पक्कै देखेको हुनुपर्छ । प्रसिद्ध पर्यटकीय स्थल सिद्धपोखरी पर्ने हुनाले पनि भक्तपुर देख्नेले दुधपाटी नदेख्ने नहुन सक्छ । तपाईले देखिरहेको यहिँ दुधपाटीमा भक्तपुर दमकलको कार्यालय भएपनि दमकल नपुग्ने ठाउ भएको तपाईलाई थाहाँ नहुन सक्छ तर यो कुरा साँचो हो ।
    हो , २००१ सालमा भक्तपुरमा जुद्ध बारुण यन्त्रको कार्यालय स्थापना भएको हो । प्रसिद्ध सिद्धपोखरी संगै यसको कार्यालय छ तर यसको नाकै नेरको एक बस्ती ७३ बर्ष सम्म दमकल नपुग्ने अवस्थामा रह्यो । घरबाट दमकल देखिने तर सम्भावीत आगलागीको बेला घरसम्म ल्याउन नसकिने पीडाका बीच यो बस्तीले ७३ बर्ष त्रासमा बितायो ।

    यसरी दमकलकै आगन नेर बसेर पनि कर्णाली झैँ कठिन भोगाइ भएका दुधपाटीका ज्ञानकुञ्ज बासीहरुहरुको घरसम्म दमकल ल्याउने पर्खाई भने शुक्रवार पुरा भएको छ । उक्त क्षेत्रवाट प्रदेश सभा सदस्यमा पराजीत उम्मेदवार रोमन सिलाकारको आर्थिक सहयोग र भक्तपुर दमकलका प्रमुख विजय धौभडेलको प्रशाशनिक सहयोगमा दमकल छिर्ने बाटो बनाउन सफल भएपछि त्यस क्षेत्रका स्थानीयहरूको बर्षौको सपना पुरा भएको हो । सिलाकार एक्लैले उक्त कार्यको लागि ४ लाख चन्दा दिएको दमकल प्रवेश तदर्थ समितिका कोषाध्यक्ष विनयराज रेग्मीले इभक्तपुरलाई बताए ।

    शुक्रवार एक औपचारिक कार्यक्रम गर्दै उक्त भक्तपुर दमकल पछाडी अवस्थित दुधपाटीको ज्ञान कुञ्ज बस्तीमा दमकल प्रवेश गराइएको छ । भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल , प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, पत्रकार महासंग भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी लगायतले संयुक्त रुपमा दमकल प्रवेश द्वारको उद्घाटन गरेका थिए । दमकल ७३ बर्षको पर्खाइपछि आइपुगेपछि स्थानीयहरू दंग परेका थिए । घरतिर आएको दमकल हेर्न स्थानीयहरुको भीड लागेको थियो ।

    उक्त बस्तीमा दमकल पुर्याएपछि उक्त कार्यमा योगदान गर्नेहरुलाई सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले सत्कर्मले गरिने सत्प्रयासहरु पुरा हुने बताउदै बस्तीबासीहरुको सत्प्रयास सफल भएकोमा बधाई दिदै यसबाट अन्य बस्तीहरुले पनि सिक्नुपर्ने बताए । आफ्नो ठाउँ आफैले बनाउन लागिपरे सहयोग गर्नेहरुको कमी नहुने उनले दावी गरे ।
    संयोजक गेलालले समाजमा सत्कर्म र सत्प्रयास गर्नेहरुलाई सम्मान गरेर आगामी दिनमा जिल्ला समन्वय समितिले समाजसेवीको कदर गर्ने र समाजसेवामा उत्प्रेरित गर्ने प्रतिबद्धता पनि जनाए साथै उनले आफु समाजको भलो हुने काम गर्न कहिल्यै पछि नपर्ने भन्दै जनतालाई जिससको ढोका सधै खुला भएको जिकिर गरे ।

    बिशेष अतिथिको रुपमा निम्त्याइएका प्रजिअ द्रोण पोखरेलले जनताको काममा कहिल्यै ढिलासुस्ती नगर्ने प्रतिबद्धता प्रकट गर्दै आफ्नो कार्यकालमा जनताको अत्यावश्यक सेवामा सहयोग गर्न पाउदा सन्तोष मिलेको बताएका थिए ।

    त्यसैगरी जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले आफुलाई ट्रयाक नखोल्न राजनीनिक प्रेसर परेको खुलासा गर्दै जनताको काममा आफुले प्रेसरको बेवास्ता गरेको बताए । कार्यक्रमको अध्यक्षता गरेका दमकल प्रवेश तदर्थ समितिका अध्यक्ष जीत बहादुर श्रेष्ठले सबैको सहयोगमा आफुहरुको बर्षौ देखिको सपना साकार भएको भन्दै सन्तोष व्यक्त गरेका थिए ।

    बस्तीका जेष्ठ सदस्य भजन दास श्रेष्ठले खादा पहिर्याएर अतिथिहरुलाई स्वागत गरेको उक्त कार्यक्रममा दमकल प्रवेश गराउन आर्थिक सहयोग गर्ने मुख्य चन्दादाता पराजीत प्रदेश सभा सदस्य उम्मेदवार रोमन सिलाकार,दमकलका भक्तपुर कार्यालय प्रमुख विजय धौभडेल लगायतलाई प्रसंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...