News Portal

  • जनकपुरमा निर्माण व्यवसायीको गुनासै गुनासो

    इभक्तपुर संवाददाताजनकपुर , २७ फागुन
    ७७१ पटक
    जनकपुर , २७ फागुन

    समाजले हामीलाई ठग भन्ने गरेका छन्, बेइमान भन्दै घृणा गर्ने गर्छन, यस स्थितिको जिम्मेवार को ? यो प्रश्न हो निर्माण व्यवसायीको ।

    जनकपुरधाममा शनिबार आयोजित धनुषा निर्माण व्यवसायी संघको १५औँ साधारण सभामा यो प्रश्न गर्दै ठेकेदारहरुले आफूलाई ठगेदार भनी उपेक्षाभावको शिकार हुनु परिरहेको गुनासो गरेका छन् । ठेक्का स्वीकृत सम्झौता पत्रमा सरकारी निकायका प्रमुखले पनि हस्ताक्षर गर्ने तर निर्माण कार्यको त्रुटि र दोषी निर्माण व्यवसायीलाई ठहर गर्ने चलनले पनि इमानदारितामा प्रश्न चिह्न लाग्ने गरेको प्रसङ्ग व्यवसायीले उल्लेख गरे ।

    आमसमुदायमा चर्चाअनुसार ठेक्कापट्टामा सरकारलाई भ्याट १३, कर्मचारीको कमिशन १५, डनगुण्डाको कमिशन सात, मन्त्री, जनप्रतिनिधिको कमिशन २० र अडिट एवं कागजातमा १५ प्रतिशत लाग्ने गरेको र बाँकी बजेटको ३० प्रतिशत रकममा विकास निर्माण कार्य हुने गरेको छ । यी चर्चाको परिदृश्यमा निर्माण व्यवसायीको निर्माण कार्यको स्तरीयताको सवाल कहाँसम्म न्यायोचित रहेको छ भनी जिज्ञासासमेत उनीहरुले राखेका छन् । सम्पति धितो राखी निर्माण व्यवसायीको कार्य गरिरहे पनि समाजको आफूहरूप्रतिको नकारात्मक बुझाइले पीडा र अपमान महसुश भइरहेको निर्माण व्यवसायी बलराम महतोले धारणा राखे ।

    व्यवसायी सुरेन्द्र चौधरीले व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धा तथा सरकारी कर्मचारीको गलत मानसिकताको शिकार व्यवसायी भइरहेको बताए । व्यवसायी दिगम्बर चौधरी , कामेश्वर झा र जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झाले समाजले विश्वास गर्ने किसिमले कार्य गर्नुपर्नेमा जोड दिए ।
    संघका अध्यक्ष विवेकानन्द मिश्रको अध्यक्षतामा भएको सो सभाले आगामी वैशाख २२ गते संघको कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...