News Portal

  • जागिर छोड्न साढे ९ हजारको निवेदन

    भक्तपुर, २८ फागुन
    १२२४ पटक
    भक्तपुर, २८ फागुन

    स्वेच्छिक अवकाशका लागि निवेदन दिने निजामती कर्मचारीको संख्या ९ हजार ५ सय ९१ पुगेको छ ।

    आइतबार साँझसम्मको रेकर्डमा स्वेच्छिक अवकाश लिने कर्मचारीको अन्तिम सूची ९ हजार ५ सय ९१ पुगेको संघीय तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयकी सहसचिव नीता पोखरेलले स्वेच्छिक अवकाश लिने कर्मचारीको सूचना संकलन आइतबार साँझ पूरा भएको बताइन् । उनले भनिन्, ‘आइतबारसम्म हामीले देशभरबाट सूचना संकलन गरेका छौं । अब सूचना संकलन गर्ने काम पूरा भएको छ ।’

    मन्त्रालयका सूचना अधिकारी सुप्रभा खनालले स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको अन्तिम सूची ९ हजार ५ सय ९१ पुगेको बताइन् । ‘यो सख्या अन्तिम हो, अब घटबढ हुँदैन’, उनले भनिन् । मन्त्रालयले यसअघि स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको संख्या आठदेखि १० हजार पुग्ने अनुमान गरेको थियो।

    मन्त्रालय स्रोतका अनुसार स्वेच्छिक अवकाशका लागि २२ हजार निजामती कर्मचारी योग्य छन् । निवेदन दिने कर्मचारीमध्ये अधिकांश श्रेणीविहीन, कार्यालय सहयोगी तथा चालक रहेको मन्त्रालयको भनाइ छ । यद्यपि माथिल्लो पदका कर्मचारीले पनि स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

    गत पुस २८ गते निजामती कर्मचारी समायोजन ऐन २०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीले सूचना प्रकाशित भएको ४५ दिनभित्र स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरिएको थियो । निवेदन दिन २० वर्ष सेवा अवधि र ५० वर्ष उमेर पुगेका योग्य मानिएका छन्।, यो आजको नागरिक दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...