News Portal

  • विमान दुर्घटनामा परी मृत्यु भएका २० को शव निकालियो, १२ जिवितै उद्धार

    इभक्तपुर संवाददाता
    ९०४ पटक

    काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना हुँदा अहिलेसम्म २० जनाको शव निकालिएको छ । चालक दलका सदस्यसहित ७६ जना यात्रु बोकेर ढाकाबाट आएको विमान त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

    विमान अनियन्त्रित भएर विमानस्थलमा अवतरण गर्नै लागेका बेला चिप्लिएिर धावनमार्गबाट बाहिर गएको थियो । दुर्घटनाग्रस्त विमानबाट १२ जना यात्रुलाई उद्धार गरिएको छ । बाँकी उद्धार कार्य जारी रहेको त्रिभुवन अन्तराष्टिय विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले जानकारी दिएका छन् ।

    विमानबाट निकालिएका शवहरु रनवेमा राखिएको छ। उद्धार गरिएका घाइतेहरुलाई सिनामंगलमा रहेको केएमसी अस्पतालमा र नर्भिक अस्पताल थापाथलीमा लगिएको छ ।

    घाइते मध्ये केहीको अवस्था निकै गम्भीर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    डाक्टर बास्काेटालाई टिएसके गाेल्डमेडल

    doctor asok baskota

    बि एण्ड बि अस्पताल तथा एचआर डिसी अस्पताल बनेपाका संस्थापक वरिष्ठ अर्थाेपेडिक सर्जन प्रोफेसर डाक्टर...

    भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    dipshikha

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई...

    भक्तपुरका पत्रकारले कालो पट्टी बाँधेर निर्वाचनको समाचार संकलन गर्ने

    fnj bhaktapur

    निर्वाचन आयोगले नेपाली सेना र प्रहरीबाट मिडिया अनुगमन गर्ने तयारी गरेपछि पत्रकारहरु विरोधमा उत्रिएका छन्...

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा...

    दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन...