News Portal

  • १८ बर्षिय युवतीमाथि सामुहिक बलात्कार

    सप्तरी, २९ फागुन
    ८६६ पटक
    सप्तरी, २९ फागुन

    सप्तरीको एटहरी विष्णुपुर गाउँपालिकामा ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भएको घटनाको २४ घण्टा नबित्दै जिल्लामा अर्को सामूहिक बलात्कारको घटना भएको छ ।

    जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचनदाहाकी १८ वर्षीया युवतीलाई आइतबार राति स्थानीय पाँच युवकले गहुँखेतमा लगेर बन्धक बनाइ चार घण्टा सम्म सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    घटनाका मुख्य २ आरोपीलाई प्रहरीले आइतबार राति नै नियन्त्रणमा लिएको छ । अन्य तीन जनाको खोजी भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

    छिमेकी घरमा भइरहेको बिहे कार्यक्रममा आमासहितका परिवारका सदस्य गएका बेला बलात्कृत युवती औषधि किन्न घर नजिकैको पसलतर्फ गएका थिइन् ।

    औषधि खरिद गरी फर्कने क्रममा स्थानीय दुई युवकले उनलाई बाटोबाटै मुख थुनेर नियन्त्रणमा लिँदै बस्ती नजिकैको गहुँ खेतमा लगेको पीडित युवतीकी आमाले बताइन् । गहुँ खेतमा लगेर दुबैजना युवकले छोरीलाई निवस्त्र गरी पालैपालो बलात्कार गरेको उनकी आमाले बताइन् ।

    ‘मलाई निवस्त्र पारी घरछेउकै २ जनाले पालैपालो बलात्कार गरे,’ पीडित युवतीले भने, ‘उनीहरूले बलात्कार गरिसकेपछि फोन गरेर थप ३ जना साथीलाई बोलाए, फोन गरी बोलाएर आएका तीन जनाले पनि मलाई बलात्कार गरे ।’

    सुरुमा २ जनाले बलात्कार गरी फोन गरेर अन्यलाई बोलाउन खोज्दा आफूलाई उनीहरूले कुटपिट गरेको उनले बताए । ‘हल्ला गरे ज्यान मारिदिने भन्दै पछि आएका तीन जनाले पनि बलात्कार गरे,’ पीडित युवतीले भनिन् ।

    राति ८ बजे औषधि किन्न गएकी ती युवतीलाई मध्यराति १२ बजेसम्म आरोपीहरूले बन्धक बनाएर गहुँ खेतमा बलात्कार गरेको प्रहरीको भनाइ छ । छिमेकीको घरमा बिहेको कार्यक्रममा गीत गाउँदै गरेकी युवतीकी आमालाई अन्य युवतीहरूले तिम्रो छोरीलाई उठाएर गहुँ खेततर्फ लगेको बताएपछि उनी छोरी खोज्न निस्कएकी थिइन् ।

    खोज्दै जाने क्रममा गाउँकै विद्यालयको चौर नजिकैको गहु खेतमा पुगेर छोरीको नाम लिएर पटकपटक आवाज दिँदा छोरीले पनि आवाज दिएपछि आफू छोरी भएको स्थानमा पुगेको युवतीकी आमाले बताइन् ।

    ‘गहुखेतमा छोरी निबस्त्र थिइन्,’ आमाले भनिन्, ‘मेरो सातो गयो तर जसोतसो उठाएर घर ल्याई प्रहरीमा खवर गरें ।’ युवतीलाई बन्धक बनाई पाँच जनाले बलात्कार गरेको घटनाबारे जानकारी पाउनासाथ गएको प्रहरी टोलीले आरोपी पाँच जनामध्ये मुख्य आरोपी दुई जनालाई आइतबार राति नै नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिए ।

    पक्राउ गरिएका दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । अन्य तीन जना आरोपीको खोजीका लागि प्रहरी टोली र सादापोसाकका प्रहरी परिचालन गरिएको उनले बताए ।

    पीडित युवतीलाई आइतबार राति नै स्वास्थ्य परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको छ । उनी स्वास्थ्य परीक्षणपश्चात सोमबार साझ घर फर्किएकी छन् ।

    युवतीकी आमाका अनुसार युवतीको ढाडमा चोट लागेको छ ।
    यसैबीच, सप्तरीको विष्णुपुर गाउँपालिका ७ की राम थरकी ३२ वर्षीय एक दलित महिलामाथि शनिबार राति आफनी सानी आमाको घरबाट माइती घर फर्किने क्रममा २ जनाको समूहले बलात्कार गरेको घटनाका आरोपीलाई पक्राउ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालित भएको छ ।

    आरोपीको पहिचान भइसकेकाले चौतर्फी रूपमा प्रहरी परिचालित रहेकाले आरोपी छिटै कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी प्रमुख एसपी सिंहले जानकारी दिए ।

    यस्तै, जिल्लामा पछिल्लो समय बलात्कारका घटना दिनेपिच्छे हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले लै‌गिक हिंसाविरुद्धको महिला सञ्जालसितको सान्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको एसपी सिंहले जानकारी दिए ।

    इन्टरनेटमा बढदो पहुँच र मदिरा सेवन लगायतका कारणले पछिल्लो समय यौनजन्य हिंसा बढेको एसपी सिंहले बताए । उनले यस्ता प्रवृत्तिलाई रोक्न लैंगिक हिंसाविरुद्धको महिला सञ्जाल र स्थानीय जनप्रतिनिधिहरूसित मिलेर प्रहरीले तत्कालै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...