News Portal

  • न शक्तिशाली बन्ने दम्भ, न त मालदार मन्त्रालयको इच्छा, पोखरेलको भागमा सधै स्वास्थ्य र शिक्षा

    संजीप शुभचिन्तक काठमाडौं, ३ चैत
    १७५५ पटक
    काठमाडौं, ३ चैत

    माओबादी केन्द्रका नेता गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा बर्तमान सरकारमा इन्ट्री गरेका छन । यस अघि प्रधानमन्त्री केपी ओलीको सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका पोखरेल प्रधानमन्त्री ओलीकै इन्ट्रेस्टमा पुन: दोहोरिएका हुन् ।

    अरुहरु शक्तिशाली र मालदार मन्त्रालयमा आँखा लगाइरहदा पोखरेलको रुची भने सधै सामाजिक बिकाशका मन्त्रालयमा पर्ने गरेको छ । दवाव समूहहरुको दवदवा रहेको र अस्तव्यस्त अवस्थाको शिक्षा र स्वास्थ्य जस्ता मन्त्रालयमा आफ्नो खुवी देखाउन खोज्नुलाई उनको एउटा साहस र जनतासंग प्रत्यक्ष जोडिने इच्छाशक्तिको रुपमा हेर्ने गरिन्छ ।

    स्वास्थ्य मन्त्रीको रुपमा ह्याट्रिक नै गरेका पोखरेलको इमानदारिता र कार्यक्षमता माथि अहिलेसम्म कसैले पनि औला उठाउन सकेका छैनन् । स्वास्थ्यलाई जनताको पहुच सम्म पुर्याउन र राज्यलाई जनस्वास्थ्यप्रति जिम्मेवार बनाउन उनले मन्त्रीको हैसियतमा धेरै कुरामा सुधार र शुरुवात गरेका छन जसलाई उनीपछिका फरक आस्थाका मन्त्रीहरुले पनि स्वागतका साथ् निरन्तरता दिएका छन ।

    मन्त्री पदलाई दम्भ र प्रतिष्ठाको बिषयसंग नजोडी जनताको पक्षमा काम गर्ने अवसरको रुपमा बुझेका मन्त्री पोखरेल एक अनुभवी मन्त्री मात्र होइनन, जनपक्षीय जिम्मेवारी बहन गर्न सक्ने सफल मन्त्री पनि हुन् । ‘पटक पटक मन्त्री बन्ने’ भन्ने बाहेक उनका विरोधीहरु समेत उनको क्षमता र कार्यकुशलता प्रति प्रश्न गर्न सक्ने सामर्थ्य राख्दैनन् ।

    यस अघि शिक्षा मन्त्री रहदा पंचायतकालीन शिक्षा ऐनको अन्त्य गर्दै समाजबाद उन्मुख नयाँ शिक्षा ऐन बनाउन सफल बनेका मन्त्री पोखरेल शिक्षामा केहि गर्न सक्ने खुवी भएका मन्त्रीमा पर्दछन ।  शुक्रवार उनी पुन: मन्त्रीको रुपमा पदवहाली भएपछि शिक्षा क्षेत्रमा पुन: थप आशाको संचार भएको छ । चाकडीबाज र लोभीपापी आसेपासेहरुको घेरा तोडेर विज्ञहरुको सल्लाहमा चल्नु उनको बिशेषता हो जुनकारण उनको कार्यकाल बिबादरहित तथा उपलब्धिमूलक बन्ने गरेको बुद्धिजिवीहरु बताउछन । काममा असाध्यै ध्यान दिने र काम गर्नेलाई प्रोत्साहित गर्ने मन्त्री पोखरेलसंग काम गर्न कर्मचारीतन्त्र पनि कहिल्यै बेखुशी छैन । राजनीतिक आस्था र आर्थिक लेनदेनका आधारमा कर्मचारीसँग व्यवहार नगरी एक अभिभावकको रुपमा प्रस्तुत हुने उनको स्वभावका कारण कतिपयले असहयोगी भन्ने गरेको कर्मचारीतन्त्र’ उनको लागि भने बफादार फौज बन्ने गरेको छ ।

    मन्त्री पोखरेलले शुक्रवार पदबहाली पछि कर्मचारीहरुलाई सम्बोधनको क्रममा बर्तमान सरकारको बिकाशबादी दृष्टिकोण बारे प्रश्ट्याउदै आफ्नो मन्त्रालयबाट बिकाशमा योगदान गर्ने योजना बनाउन निर्देशन दिएका छन ।

    ”नेपाल अव गरीब राष्ट्रहरुको सदस्य रहने र अध्यक्ष बन्न प्रतिष्पर्धा गर्ने अवस्थाको अन्त्य गराउन बिकाश र समृद्धिको बाटोमा अघि बढ्नु परेको छ र त्यसको लागि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको प्रमुख योगदान रहनुपर्दछ । ” उनले भने ।

    मन्त्री पोखरेलले बिकशित देशहरुले शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा ब्यापक बजेट परिचालन गरेको र कार्यक्रमहरु ल्याएको भए पनि नेपालमा त्यो हुन नसक्दा देश बिकाशमा पछि परेको जिकिर गर्दै शिक्षा र बिज्ञान तथा प्रविधिको बिकाश बिना देश बिकाश नहुने ठोकुवा गरे ।”लगानी नगरी प्रतिफल आउने कुरा हुदैन, शिक्षा र बिज्ञान प्रविधिको क्षेत्रलाई राज्यले उचित लगानी गर्न सकेको छैन । अवको सरकारको प्राथमिकता यस क्षेत्रमा पर्छ । तपाईहरु लगानीको चिन्ता नगर्नुस योजना तिर लाग्नुस् ।” मन्त्री पोखरेलले कर्मचारीहरुलाई निर्देशन दिए ।


    उनले शिक्षामा बिज्ञान र प्रविधिलाई जोडेर जीवनोपयोगी शिक्षा दिनुपर्ने जिकिर गर्दै विद्यार्थीलाई माध्यमिक शिक्षा उतीर्ण भएको प्रमाण पत्र संगै काम गरि खान सक्ने शीप पनि दिनुपर्ने बताए । ” शीप बिनाको शिक्षा अपाङ्ग हुन्छ , बिज्ञान तथा प्रविधिलाई शिक्षामा जोडेर बैज्ञानिक शिक्षा बनाउन हामीलाई अवसर आएको छ, यसमा नचुकौ ।” उनले भने ।

    उनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी)ले पैसा लिएर सम्बन्धन दिने भनेर बदनामी कमाएको भन्दै आफ्नो कार्यकालमा त्यो बदनामीको दाग हटाउने उद्घोष समेत गरे भने प्रम ओलीको घोषणा बमोजिम प्रत्यक स्थानिय तहमा प्राविधिक बिद्यालय र प्रत्यक प्रदेशमा पोलिटेक्निक शिक्षालय खोल्ने कार्यमा लाग्न निर्देशन समेत दिए । त्यसैगरी उनले जनक शिक्षाले नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तक पुर्याउन नसकेको कुरा आफुले  सुन्न नपरोस भन्ने चेतावनी  समेत दिएका छन ।त्यतिमात्र होइन कर्मचारी प्रति आक्रामक हुदै उनले भने , ” शैक्षिक सत्र नियमित प्रक्रिया हो , यसमा यो गर्न सकिएन त्यो गर्न सकिएन भन्ने कुरा हुनुहुदैन, यसको जिम्मा सचिवजीले लिनुपर्छ ।”

    मन्त्री पोखरेलले बिद्यालय शिक्षामा आफुले यस अघि सुधारको प्रयास गरेको स्मरण गर्दै अबको प्राथमिकता उच्च शिक्षा तर्फ रहने संकेत समेत गरेका छन । आफूलाई देशमा रहेका बिश्वबिद्यालयहरु बास्तविक बिश्वबिद्यालयहरु जस्तो नलाग्ने गरेको खुलासा गर्दै बिश्वबिद्यालयहरुको मर्म अनुरुप यसको पुन: संरचनामा जोड दिए । ‘देशमा दक्ष जनशक्ति बनाउने जिम्मा पाएका बिश्वबिद्यालयहरुको हाल बेहाल छ , बिश्वबिद्यालयहरु बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री भएका छन । हामी यो अवस्थाको अन्त्य गर्दै बिश्वबिद्यालयहरुलाई मर्यादित र ब्यवस्थित् बनाउदै योग्य र दक्ष जनशक्ति निर्माणको थलो बनाउछौ । मन्त्री पोखरेलले प्रतिवद्धता जनाए ।

    निर्देशनको क्रममा मन्त्री पोखरेलले शिक्षकलाई तलव खुवाउन मात्र मन्त्रालयको ठुलो बजेट लाग्ने गरेको बताउदै शिक्षकलाई तलव खुवाउने मात्र ठेक्का मन्त्रालयले नलिएको भनेका छन । उनले राम्रो नतिजा नदेखाउने शिक्षकका बारेमा सोच्न बाध्य बन्ने चेतावनी दिएका छन । त्यसैगरी उनले संघियतामा शिक्षाको बारेमा अलमल भएका बिषयहरुमा थप प्रष्ट पार्नुपर्ने आश्यकता औल्याउदै यसमा बखेडा झिक्नु भन्दा कर्मचारीको तर्फबाट यसमा सहयोग र समन्वय गर्नुपर्ने निर्देशन दिए ।

    ”स्थानीय तहमा शिक्षाका कर्मचारीको अधिकारको बिषयमा म बोल्छु तर अधिकारको निहुमा कर्तब्य पालना नगर्ने कुरा क्षम्य हुदैन । ” उनले भने । मन्त्री पोखरेलले कर्तब्य पूरा नगर्ने र जागिर मात्र खाने हो भने आफ्नो मन्त्रालयमा त्यस्ता कर्मचारीहरु रहन नसक्ने समेत चेतावनी दिएका छन ।

    सर्वहारावादी कम्युनिष्ट नेता गिरिराजमणि पोखरेल एक स्वस्छ छवीका नेतामा गनिन्छन । पटक पटक मन्त्री बनेतापनि उनले व्यक्तिगत सम्पति जोडेका छैनन् भने आफ्नो निर्वाचन क्षेत्रको बर्दिवासमा एक कम्युनमा सामुहिक जीवन यापन गरिरहेका छन । उनको साधा जीवनशैली र जनता[प्रतिको जिम्मेवारी बोधका कारण उनले महोत्तरी १ को निर्वाचनमा लगातार ३ जीत हासिल गरि ह्याट्रिक नै गरिसकेका छन भने उनको पार्टीले पनि उनलाई जहिले बिश्वास गर्दै महत्वपूर्ण पदहरुमा पुर्याएको पाइन्छ ।

    कक्षा १२ सम्मको माध्यमिक शिक्षा, लेटर ग्रेडीङ्ग परीक्षा प्रणाली, बिदेशी सम्बन्धनमा नेपालमा संचालित शिक्षण संस्थाहरुमाथि नियन्त्रण र नियमन, मेडिकल शिक्षामा शुल्कको सीमा,निजी विद्यालयहरुको व्यापारमाथि लगाम लगाउदै सहकारी मोडेलको शुरुवातकर्ता, नयाँ शिक्षा नीतिको लागि शिक्षा आयोगको पहिलो पहलकर्ता, संघीय संरचनामा शिक्षाको नेतृत्वकर्ता लगायतको हैसियतमा शैक्षिक इतिहासमा उनले यस अघि नै आफ्नो नाम लेखाइसकेका छन ।  शिक्षाको दोस्रो इनिंगमा जनताको जनजीविकामा परिवर्तन ल्याउदै बिकाश र सम्बृद्धिमा योगदान गर्न आफ्नो मन्त्रालय मार्फत आफू तम्तयार रहेको संदेश पहिलो सम्बोधनमा मन्त्री पोखरेलले प्रस्तुत गरेका छन ।

    उनको भावना र गतिलाई पक्रदै मन्त्रालय अघि बढ्ने कुरामा आश्वस्त बन्न समेत उनले अनुरोध गरेका छन । बर्तमान सरकार झन्डै दुइ तीहाई बहुमतसहितको दिगो सरकार भएकोले दीर्घकालिन महत्वको कामहरु गर्न कुनै कसर बाकी नराख्ने उनको उद्घोष छ । उनले भने झैँ नेपालको शिक्षा बिकशित देशहरुको दाजोमा पुर्याउन उनी सफल होलान वा उनका कुरा कम्युनिष्टहरुले देखाउने सपनामै सीमित बन्ला त्यो भने हेर्न बाँकी नै छ ।

    फोटो : प्रकाश अवाले

     

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...