News Portal

  • भक्तपुरमा विद्युतीय सामाग्री व्यवसायी संघमा नेतृत्व चयनको चटारो : १० गते अधिवेशन हुँदै

    इभक्तपुर संवाददाताभक्तपुर, ५ चैत
    १२४१ पटक
    भक्तपुर, ५ चैत

    भक्तपुरमा विद्युतीय सामाग्रीहरुको व्यवसाय गर्ने व्यवसायीहरुको संगठन भक्तपुर विद्युतीय सामाग्री ब्यवसायी संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको मिति तय भएको छ । चैत १० गते शनिबारका दिन संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन हुन लागेको हो ।

    ”हाम्रो एकता हाम्रो प्रतिबद्धता, गुणस्तरीय विद्युतीय सामाग्रीको ब्यवसायिकता” भन्ने नारालाई अगाडि सार्दै आएको विद्युतीय सामाग्री ब्यवसायी संघले उक्त दिन आफ्नो व्यवसायिक हकहित र प्रतिष्ठा अभिवृद्धि गर्न सक्ने नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । संघमा तेस्रो अधिवेशनबाट चयन भएका अध्यक्ष श्याम मानन्धरको नेतृत्वमा यतिबेला १५ सदस्यीय समिति क्रियाशील छ ।

    यतिबेला संघलाई आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको चटारो छ । नजिकिदै गरेको समयको चापलाई मध्यनजर गर्दै संघले तयारी तीब्र पारेको जनाएको छ । त्यसका लागि बाचामरीस्थित होटेल भ्यू भक्तपुरलाई अधिवेशन स्थल तय गरिएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख अतिथ्यतामा कार्यक्रम संचालन हुने जानकारी इभक्तपुर लाई प्राप्त भएको छ ।

    भक्तपुरमा ब्यवसायीहरुलाई संगठीत रुपमा आबद्ध गर्न सफल यस संघले ईलेक्ट्रोनिक्स एक्स्पो जस्ता विविध कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

    आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा संघले स्मारिका समेत प्रकाशन गर्न लागेको भक्तपुर विद्युतीय सामाग्री ब्यवसायी संघका सदस्य अल्बर्ट बज्राचार्यले जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...