News Portal

  • चाँगुनारायणमा चट्याङ्गले लियो एक युवकको ज्यान ,

    इभक्तपुर संवाददाताभक्तपुर, १३ चैत
    १३५३ पटक
    भक्तपुर, १३ चैत

    चाँगुनारायणमा चट्याङ्गले एक युवकको मृत्यु भएको छ । चागुँनारायण नगरपालिका – ८ ताथलीमा चट्याङ्गलागि युवकको मृत्यु भएको हो ।

    सोमवार बेलुकी भएको मेघ गर्जनसंगै चट्याङ्ग पर्दा ताथली स्थित शंकर इट्टा भट्टामा काम गर्ने एक युवकले ज्यान गुमाएको प्रहरीले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा जिल्ला सिन्धुली हरिहरपुर गढी गाँउपालिका ५ घर भै इट्टा भट्टामा काम गर्दै आएका बर्ष १९ का युवक सुरेन्द्र बल तामाङ रहेका छन् । इट्टा भट्टाभित्र झ्याउलीले बारेको घर भित्र बसी रहेको अवस्थामा चट्याङ्गले लागी घाईते भएका बललाई उपचारको लागी भक्तपुर अस्पताल लगिएकोमा सोमवार बेलुकी ५ बजे चिकित्सकले बचाउन नसकेको घोषणा गरेका थिए ।

    यसैबीच सोमवार चट्याङ्ग लागी घाइते भएकी एक १६ बर्षे किसोरी भने सकुसल रहेको खवर प्राप्त भएको छ । इट्टा उद्योगमै काम गर्ने मकवानपुर ठोटरी-८ घर भएकी बर्ष १६ की सन्चली योञ्जन भने सामान्य घाइते मात्र भएकी छन् । बसीरहेको अवस्थामा चट्याङ्ग लागेर घाइते भई उपचारको लागि भक्तपुर अस्पताल ल्याइएकोमा उपचार पश्चात् उनको डिस्चार्ज भैसकेको महानगरीय प्रहरी परिसरका डीएसपी कृष्ण प्रसाइले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    आज पनि भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...