News Portal

  • भक्तपुरमा बर्षाले भत्कायो घर : ५ घाइते

    इभक्तपुर संवाददाता भक्तपुर, २१ चैत
    १०८४ पटक
    भक्तपुर, २१ चैत

    अविरल बर्षाका कारण भक्तपुरमा भुकम्प पीडितहरुको अवस्था दयनीय बनेको छ । यसैबीच आजको बर्षाका कारण एक घर भत्कदा ५ घाइते भएका छन ।

    सूर्य विनायक नगरपालिका – १० चित्तापोल खुलाल गाउँमा विदुर थापाको ईटा माटोले बनेको तथा जस्ताले छाएको २ तले कच्ची घर भत्कदा परिवारका ५ सदस्य घाइते भएका हुन् । बेलुकी अन्दाजी ६ बजेको समयमा घर भत्कदा बर्ष ५० की पशुपती थापा, बर्ष २१ की सरदा थापा, बर्ष १८ को उमेश थापा, बर्ष २१ को रोसन थापा र बर्ष २० की सरिना थापा घाईते भएका हुन् ।

    घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट सिनियर प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटी घाईतेहरुको उद्दार गरी धुलिखेल अस्पताल पठाईएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी गराएका छन ।

    घाईतेहरुको उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...